मेरो देश

कविता साहित्य

दिलाशा घिमिरे, कक्षा- ७, सुदेशा हाइस्कुल, ललितपुर ।

स्वतन्त्रता चाहियो मेरो देश
बचाऔँ संस्कृति र भाषाभेष
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।

तिम्ले देश छाडे पनि छाड्दैन देशले तिमीलाई
हाम्ले देशको उन्नति र विकास गरे हुन्छ राम्रो हामीलाई
पढौँ यहीँ बढौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ कतै नगई विदेश ।।

जौगाऔँ संस्कृति, परम्परा र रीतिरिवाज
देशकै विकासमा लागेर उठाउनुपर्छ आवाज
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।

म रहुँ या नरहुँ नेपाल रहोस मेरो
गर्दैनौँ हामी नेपाली केहीमा मेरो ,तेरो
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *