बालबालिका

कविता साहित्य

ग्रेषी शाही, कक्षा– ७, खोप्रिङ स्कुल, भक्तपुर ।
लड्दै र बढ्दै हुक्र्याैँ हामी
ठुलो भएपछि फुक्र्यौँ हामी
विकास गर्न लियौँ शिक्षा
गरिबलाई दियौँ भिक्षा ।

बाल अधिकार संरक्षण गरौँला
हाम्रो देशलाई अगाडि बढाँैला
माया गरी सबैको मन जितौँला
कला र संस्कृतिलाई जीवितै राखौँला

आमाबुबाको कदर गरौँला
नराम्रो साथीसँग टाढै बसौँला
गुरुहरुको कुरा मानौँला
सकेसम्म पढाइमा राम्रो गरौँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *