- रोजुल हंगोजु, कक्षा– ७, ख्वप्रिङ इङलिस एकेडेमी, भक्तपुर ।
सायद अनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ । यात्राबाट हुने यिनै उपलब्धीमा लोभिएर होला, मलाई पनि प्राकृतिक सौन्दर्यले सजिएको रमणीय स्थलको यात्रा गर्न निकै मन लाग्छ । हाम्रो विद्यालयबाट हरेक वर्ष दुई पटक शैक्षिक भ्रमण लैजाने गरिन्छ । यही मिति २०७९ पुस १४ गते विहीबार शैक्षिक भ्रमण अन्र्तगत नमोबुद्ध, काभ्रेपलान्चोक लगिएको थियो जसमा म पनि सहभागि भएको थिएँ ।
पुस १४ गते चराहरुको सुमधुर चिर्रचिर्र र मिमिरे उज्यालोसँगै हाम्रो यात्रा सुरु भयो । बाटोमा हामीहरु गीत गााउँदै रमाइलो गर्न थाल्यौँ । विद्यालय भन्दा हामी निकै टाढा आइसकेका थियौँ । बाहिरका दृश्य मेरा लागि मात्रा नभई हामी सबैका लागि अनौठा र आकर्षक थिए । यात्रा निकै रोचक भइरहेको बेला हामीले बाहिर सुन्तलाका बोटहरु देख्यौँ जुन निकै आकर्षक थिए । हेर्दा नै खाउखाउ लाग्ने सुन्तलाका बोटहरु देखेर सुन्तला खान मन लागेको थियो ।
एकछिनपछि त साथीहरुले गुरुआमा लगायत हामी सबैलाई सुन्तला बाँड्न थाले । हामी रमाइलो मान्दैँ सुन्तला खान थाल्यौँ । हामी बसमा गीत बजाउँदै, गीत गाउँदै रमाउन थाल्यौँ । करिब डेढ घण्टाको यात्रा पछि साढे एघार बजेतिर हामी नमोबुद्ध पुग्यौँ । नमो बुद्धको बनावट एकदम आकर्षित गर्ने खालको थियो । भर्याङ चढ्दा हामीले बाघ र बाघका बच्चाका मूर्तिहरु पनि देख्यौँ । त्यहाँ बस्ने एक राजाले भोकै रहेको बाघलाई आपmनै ज्यान दिएकाले बाघको मूर्ति बनाइएको हामीले थाहा पायौँ । गुम्बा बाहिरबाट हेर्दा जति सुन्दर र आकर्षक देखिन्थ्यो भित्र गएर हेर्दा पनि उतिकै सुन्दर रहेछ । शान्त वातावरण त्यसमाथि चिसो हावा आइरहेको थियो । जसले मलाई शान्त बनाइरहेको थियो ।
गुम्बाभित्र बुद्ध निकै सुन्दर मूर्तिहरु रहेछन् । त्यहाँ बसेका मानिसहरु ध्यानमा लीन थिए ।
यो बुद्ध धर्मावलम्बीको ठाँउ भएता पनि त्यँहा विभिन्न जातजातिका मानिसहरु आएका थिए । त्यहाँ घुमेर साच्चै आनन्द महसुस भयो । त्यहाँ घुमेर नेपाल धार्मिक, साँस्कृतिक र प्राकृतिक दृश्यले सुन्दर देश हो भन्ने अनुभव भयो ।
हामीले बाहिर आएर फोटो खिच्यौँ । अर्को बाटोबाट भञ्ज्याङ्ग ओलिँदैँ जाँदा हामीले बाटोमा एउटा अनौठो चिज देख्यौँ । जुन सेतो रङको थियो । जसको तल गोलो आकारको थियो भने माथि तिर चुच्चे आकारको थियो । बाहिर एकछिन बसेर हामी बसमा चढ्यौँ । खाजा खान हामी एउटा ठाँउमा रोकियाँै । अफ्ना साथीसगँ बसेर रमाइलो कुरा गर्दै खाजा खान थाल्याँै । गुरुआमा र गुरुबाहरुले पनि विद्यालयबाट ल्याएको खाजा खानुभयो । त्यसपछि हामी बसमा बस्दै गीत गााउँदै गुरुआमा र साथीहरु सँगसँगै नाच्न थाल्यौँ ।
यात्रा निकै रमाइलो हुदैँ थियो । बाटोमा रहेको मुक्तिनाथ मन्दिरको पनि दर्शन गर्यौँ । त्यहाँ हामीले १०८ धारा पनि देख्यौँ जुन मूर्तिबाट पानी बगिरहेको थियो । गुरुआमा र गुरुबा लगायत हामीले फोटो खिच्यौँ । एकछिन त्यहाँ बसेर मनोरञ्जन गर्यौँ र बसमा बस्यौँ । मेरा साथीहरु फेरि नाच्दै कराउन थाले भने हामी गीत गाउँदै ताली बजाउन थाल्यौ । करिब साढे तीन बजेतिर हामी हामी विद्यालय पुग्यौँ ।
यसरी आफ्ना साथीहरु र शिक्षक शिक्षिकासगँ रमाइलो गर्न पाउँदा म निकै खुसी छु । आजको दिन रमाइलो भयो ।