‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजा

Featured लेखक कोश

सुशीला देउजा साहित्य लेखनमा समर्पित परिचित लेखक हुनुहुन्छ । उहाँका आठवटा बालसाहित्य कृति र अन्य कथा र लघुकथा गरी १४ वटा कृति प्रकाशित छन् । उहाँको ‘बाघ र बाबा’ कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ । चारुमतीको रहस्य (बालचित्रकथा) उहाँको २०७७ मा प्रकाशित कृति हो ।

‘सम्पदा दर्शन’ (बालनियात्रा सङ्ग्रह, भाग १ र २, २०७७/०७८) उहाँका चर्चित दुई बालनियात्रा कृतिहरु हुन् । उहाँ अहिले ‘सम्पदा दर्शन’ का लेखककाे रुपमा परिचित हुनुभएकाे छ । उहाँकाे कृति ‘सम्पदा दर्शन’ थुप्रै विद्यालयहरुमा अतिरिक्त पाठ्यसामग्रीकाे रुपमा विशेष महत्वका साथ पढाइन्छ ।

यात्रासाहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारु (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।

अमेरिका दर्शन (बालनियात्रा, सन् २०२३) उहाँको पछिल्लो प्रकाशित कृति हो ।

नेपाली बाल साहित्यकाे बाल नियात्रा लेखनका क्षेत्रमा लेखक देउजा स्थापित लेखक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *