हाम्रो नेपाल

कविता साहित्य

स्नेहा सुवाल, कक्षा ७, ख्वप्रिङ इङलिस एकेडेमी, भक्तपुर ।

देशको असल नागरिक भई काम गर्नुपर्छ
हाम्रो देश नेपाल भनेर चिनाउनुपर्छ ।
आफ्नो कर्तव्य अब हामीले बुझ्नुपर्छ
समाज परिवर्तन हुने काम गर्नुपर्छ ।

आफूले सिकेको ज्ञान अरुलाई सिकाउनुपर्छ
आफूले नसिकेको ज्ञान अरुबाट सिक्नुपर्छ ।
वातावरण स्वच्छ बनाउने अभियान गर्नुपर्छ
मिलीजुली काम गरी अघि बढ्नुपर्छ ।

जिन्दगी रहेसम्म देशको विकास गर्नुपर्छ
आफ्नो शक्ति भएसम्म देशका निम्ति लड्नुपर्छ ।
देश विकास हुने काम गर्नुपर्छ
हाम्रो देश नेपाललाई पहिचान गराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *