सुदेशा स्कुलमा ‘सम्पदा दर्शन’

Highlights अन्तर्राष्टिय विद्यालय समाचार समाचार

ललितपुर/ नख्खुदोबाटोस्थित सुदेशा स्कुलमा ‘सम्पदा दर्शन’ भाग १ र २ पढाउन सुरु गरिएको छ । ‘सम्पदा दर्शन’ लेखक सुशीला देउजाद्वारा लिखित चर्चित बालनियात्राकृति हो । ‘सम्पदा दर्शन’ भाग १ मा विश्वसम्पदा सूचीमा रहेका नेपालका सम्पदा क्षेत्रहरु र भाग २ मा सात प्रदेशका सात वटा सम्पदा क्षेत्रहरु भ्रमणको अनुभूति समेटिएको छ ।

सरल भाषा र संवादमय रोचक शैलीमा तयार गरिएका यी दुवै कृति कक्षा ५ र ६ मा अध्ययनरत बालबालिकाहरुका लागि सन्दर्भ पाठ्यसामग्रीका रुपमा छनोट गरी पढाउन सुरु गरिएकाे प्रिन्सिपल वीरङ्गना महर्जनले बताउनुभयो ।

”पुस्तकमा समावेश रहेका विभिन्न रचना अनुसार विद्यार्थीलाई विविध क्रियाकलापमा सम्लग्न गराई यी दुवै पुस्तक पढाउन सुरु गरेका छाैँ ।” प्रिन्सिपल महर्जनले थप जानकारी दिँदै भन्नुभयाे ।
‘सम्पदा दर्शन’ भाग १ बालसाहित्य प्रतिष्ठान नेपालबाट र भाग २ केटाकेटी मिडियाबाट प्रकाशित भएको हो । दुवै कृति मोटो गाता संस्करणमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *