भक्तपुर, फागुन १५/ चाँगुनारायण नगरपालिका वडा न ६ मा रहेको क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुलले २०७९ फागुन १३ गते आफ्नो २४ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री प्रमुख अतिथि रहनुभएकाे थियाे । मन्तव्यका क्रममा उहाँले भन्नुभयो, ”२०५४ सालमा स्थापित क्वालिटी स्कुलले भक्तपुरको शैक्षिक उन्नयनमा आफ्नो अमिट छाप छाड्न सफल भएको छ। उत्तरपूर्वी भेगमा रहेर भक्तपुर जाने विद्यार्थीलाई केही हदसम्म रोक्न सफल भएकाे छ । याे काममा अझ विद्यालय सफल हाेस् भन्ने कामना गर्दछु । नाम अनुरुप गुणस्तरीय शिक्षा दिन सफल भएकोमा वधाई दिँदै अझ धेरै प्रगतिको कामना गर्दछु ।”

चाँगुनारायण नगरपालिकाका प्रjक्ता तथा वडा न. ८ का अध्यक्ष जनक खत्रीले आफ्नो बाल्यकालमा चिनेको क्वालिटी विद्यालयको सफलतामा आफू रमाउने गरेको कुरा बताउनु भयो। उहाँले अभिभावकहरुलाई आफ्नो बालबालिका क्वालिटी सेकेन्डरी स्कुलमा पढाउँदा कुनै चिन्ता गर्नु नपर्ने पनि बताउनुभयो।
यसैगरी चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष धन बहादुर लामाले आफ्नो वडामा रहेको र अभिभावकको मन जित्न सफल भई भक्तपुर जाने विद्यार्थीलाई रोक्न सफल भएकोमा आफूलाई खुसी लागेको बताउनु भयो ।
बडा नं ५ का अध्यक्ष जयन्द्र खड्काले आफ्ना बालबालिकालाई क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुलमा पढाउन पठाउनु भएकोमा बधाई दिंदै यसै विद्यालयमा पढाउन पनि आग्रह गर्नुभयो।
कार्यक्रममा शैक्षिक वर्ष २०७८ का कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै वर्ष विद्यार्थीमा कक्षा १० की छात्रा प्रविना लामिछाने, सबै दिन विद्यालय आउने बिद्यार्थीमा कक्षा ६ का विद्यार्थी प्रनिशा गिरी, वर्ष सफा विद्यार्थीमा कक्षा ४ का प्रन्सुख के. सी. र अनुशासित विद्यार्थीमा कक्षा ९ कि विद्यार्थी आयुषा नेपाल पुरस्कृत हुनुभएकाे थियाे ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रबोध प्रभाकर रिजालले विद्यालयको प्रगतिमा बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो। नेशनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्काले विद्यालयको विकासको चर्चा गर्दै असल सिकाइ कार्यमा अभिभावकको दायित्वको बारेमा बताउनु भयो।
विद्यालयका संस्थापक प्रिन्सिपल जी. बी. खड्काले जागिर खाने नागरिक होइन जागिर खुवाउने नागरिक सृजनामा विद्यालय उद्दत रहेको र निजी विद्यालयले विदेशीने नागरिक सृजना गर्दछन् भन्ने आरोपको खण्डन गर्दै देशलाई माया गर्ने र आफ्नै देशमा रही केही काम गर्नुपर्छ भन्ने भावनाको विकास निजी विद्यालयले गर्ने गरेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो र १० बर्ष सेवा पुर्याउदै आएका शिक्षक राम कुमार नेपाल, अनिता थापा र स्नेहा लामिछानेलाई दीर्घ सेवा सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिवाेधन बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
चित्रकला, हस्तलेखन र शिक्षण सामग्री प्रदर्शनी कार्यक्रमकाे मुख्य आकर्षणकाे रुपमा रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुको नृत्य, नाटक, गायन, कविता वाचन आदिले पनि सबैकाे मन जितेकाे थियो।