मरेको लास
बिग्रेकाे बास
टुटेको विश्वास
नराख है तिनीहरुसँग कुनै आस ।
बिग्रेकाे सहर
अनगिन्ती मोहर
सेतो श्रृङ्गार
नराख है तिनीहरुसँग कुनै आस ।
भत्केको डिल
बेप्वाखेँ चिल
खुट्टाको खिल
नबन है तिनीहरुजस्तै तिल ।
ओइलाएको तोरी
वाग्मती झैं फोहरी
बेतुकको दोहाेरी
नबन है आफ्नो जीवनमा अहङ्कारी ।