पराक्रम बालप्रतिभा पुरस्कार एलिशा र योगेशलाई

Highlights राष्ट्रिय समाचार

काठमाडाैँ, फागुन १७/ कवि, कथाकार एवम् समालाेचक महेश पाैड्यालद्वारा अल्पायुमै बितेका पुत्ररत्नकाे नाममा स्थापित ‘पराक्रम बालप्रतिभा पुरस्कार’ बाट वर्ष २०७८ का लागि तामाकोशी गाउँपालिका, च्यामाहावा दोलखाकी एलिशा फुयाल र २०७९ का लागि केपिलासगढी गाउँपालिका, बाक्सिला, खोटाङका योगेश राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार प्रतीक ढकालको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले याे निर्णय गरेकाे हाे ।

अध्ययनका साथै कला, साहित्य–सिर्जना र सङ्गीत सिर्जनामा विलक्षण क्षमता प्रस्तुत गर्न सफल हुनुभएकाेले बालप्रतिभाद्वय एलिशा र याेगेशलाई पुरस्कृत गर्ने निर्णय भएकाे पुरस्कारकाे छनाेट समितिका सदस्य साहित्यकार भवानी खतिवडाले बताउनुभएकाे छ । पुरस्कृत हुनुभएका दुवै प्रतिभा दृष्टिविहीन हुनुहुन्छ । ब्रेललिपिमा अध्ययन र सिर्जना गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *