कोरोना भाइरस रोग (कोभिड–१९)

Featured Highlights ज्ञानविज्ञान स्वास्थ्य

हाल विश्वभरि फैलिरहेका नयाँ भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड–१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
कोरोना भाइरस रोगको मुख्य लक्षणहरू
ज्वरो आउने, खोकी लाग्ने, श्वाश फेर्न गाह्रो हुने
यस्ता लक्षणहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

कोरोना भाइरस रोगबाट बच्ने उपायहरु
– बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, – खोक्दा वा हाछ्यूँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने, – हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने, – भिडभाडमा नजाने ।

होम क्वारेन्टाइन वा सरकारले व्यवस्था गरेको क्वारान्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु
ड्ड होम क्वारेन्टाइनको लागि दोहोरो हावा चल्ने कोठाको बन्दोबस्त गर्ने जसमा सकभर शौचालय पनि सँगै होस् ।
ड्ड यदि तपाईं बस्ने कोठामा तपाईंलाई हेरचाह गर्ने व्यक्ति पनि सँगै बस्नु परेमा दुबैको बिचमा २ मिटरको दुरी कायम गर्ने ।
ड्ड घरमा परिवारका सदस्यहरु जस्तै ज्येष्ठ नागरिक, गर्भवति महिला र बालबालिका सबैसँग २ मिटरको भौतिक दुरी कायम गर्ने ।
– मास्क सही तरिकाले प्रयोग गर्ने । हरेक ६ देखि ८ घण्टामा मास्क फेर्ने तर मास्क फोहोर भएको खण्डमा तुरुन्तै फेर्ने ।
– बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
– पर्याप्त मात्रामा आराम गर्ने । सन्तुलित र पौष्टिक आहारका साथै प्रशस्त पानी या झोलिलो पदार्थ पिउने ।
– होम क्वारेन्टाइनमा बस्दा गीत सुन्ने, पुस्तक वा पत्रपत्रिका पढ्ने, शारीरिक व्यायाम, योग, ध्यान गर्ने तथा परिवारका सदस्यहरुसँग सम्पर्कमा रहने ।
– क्यारेन्टाइनमा बस्दा तपाईले प्रयोग गरेका भाडाकुँडा, तौलिया, तन्दा लगायतका अन्य लुगाफाटा अलम्मै राख्ने तथा अरुको सम्पर्कमा आउन नदिने ।
– खोक्दा, हाँछ्यूँ गर्दा नाक र मुख रुमाल वा कुहिनाले छोप्ने ।
– कोरोनाको लक्षण जस्तै ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने ।
कोरोना बिरुद्धको खोप
– कोरोना भाइरस बिरुद्धको खोप १२ वर्ष माथिका सबै उमेर समूहलाई लगाइएको छ भने हाल ५ बर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गर्न थालिएको छ । खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित छ ।
खोपले जीवन रक्षा गर्छ ।

कोरोना बिरुद्धको खोपका फाइदाहरू
– कोभिड–१५ बिरुद्धको खोपले कोरोना भाइरस रोग लाग्ने जोखिमबाट बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै यो खोप लगाइसकेपछि संक्रमित व्यक्तिबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट बचाउँछ ।
– खोप लगाइसकेपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, अर्को व्यक्तिसँग २ मिटरको दूरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुने जस्ता स्वास्थ्य सुरक्षाका स्वास्थ्य मापदण्डहरुको पालनालाई निरन्तरता दिनुपर्छ ।
– कोभिड–१५ बिरुद्धको खोप लगाएका केही मानिसहरुमा अन्य खोपहरु लगाउँदा जस्तैः सामान्य असरहरु देखिन सक्छन् । यसका सामान्य असरहरुमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुन सक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ सुन्निने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि रहेका छन् । यस्ता सामान्य असरहरु विस्तारै ठिक भएर जान्छन् ।
– खोपको प्रकृति हेरेर कुनै खोप एक मात्रा लगाउने खालका छन् भने कुनै केही समयको अन्तरमा दोस्रो मात्रा पनि लगाउनु पर्दछ । अहिले सरकारले बुस्टर डोज पनि प्राय दिइसकेको अवस्था छ ।
यो खोप तोकिएको सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नि शुल्क दिइन्छ ।
– विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो त्यसैले खोप सुरक्षित छ ।
कोभिड–१९ बारेमा कुनै पनि थप जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला ।

कोरोना खोप लाउनु अघि र पछि पनि एस.एम.एस. (SMS) पालना गरौं

एस – एक व्यक्तिबाट अर्को व्यक्ति कम्तिमा २ मिटर टाढा बसौं ।
एम – घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग सहि तरिकाले गरौं ।
एस – साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धोऔं
यदि साबुन पानी उपलब्ध नभए स्यानिटाइजरको प्रयोग गरौं हात सफा राखौं ।

(स्राेत: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडाैँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *