साथी

कथा साहित्य

कुशल अधिकारी

असारको दिन थियो । विद्यालयमा साथीहरु थिए । बाहिर भने ठूलो पानी परिरहेको थियो । शिक्षकले राम्रोसँग बुझाएर पढाउनुभएको थियो । शिक्षकले गृहकार्य दिँदादिँदै पाले दाइले घण्टी बजाइदिनुभएको थियो । घण्टी बजेपछि विद्यार्थीहरुले झोलाबामा किताब हाल्दै थिए । सबैका आमा, बुबा, छोरा, छोरीलाई लिन आउनुभएको थियो र सबैजना आआफ्ना घरतिर लागे । तर एकजना साथी हरिको खुट्टा भाँचिएको थियो । उसको खुट्टा भाँचिएको एक हप्तामात्र भएको थियो । ऊ रोइरहेको रहेछ । ऊ आपतविपतमा पर्‍यो । उसले ठूलो स्वरमा भन्यो, ‘आमा ।’ पाले दाइले सुन्नुभयो । हरि पढ्ने कक्षाकोठामा जानुभयो । पाले दाइले भन्नुभयो, ‘तिमी किन एक्लै यसरी बसेको ?’

हरिले भन्यो, ‘छुट्टी भएर सबै साथीहरु आआफ्ना घर गए तर मचाहिँ जान सकिनँ । किनभने मेरो खुट्टा भाँचिएको छ । सधैँ मेरो आमा मलाई लिन आउनुहुन्थ्यो तर आज बिरामी हुनुहुन्छ ।’

पाले दाइले उसको आमालाई सम्पर्क गर्नुभयो र भन्नुभयो, ‘हजुर अहिले ठिक हुनुहुन्छ ? म त बिरामी थिएँ तर मेरो साथीले मलाई अस्पताल लगेर ठिक भयो । अब, म छोरा हरिलाई लिन आउँदैछु । बरु छोराको छुट्टी भयो ?’ पाले दाइले भन्नुभयो, ‘आज त शुक्रबार हो । चाँडैँ छुट्टी हुन्छ । छुट्टी भइसक्यो ।’

उसको मिल्ने साथीको नाम मनिक गौतम थियो । उसको साथी घर गइसकेको थियो । उसले आमा, बुबालाई बोलाएर हरि भएको ठाउँमा लग्यो । उसले अस्पताल लग्यो । उसको खुट्टा निको भयो । हरिले मनिकलाई धन्यवाद दिए । उसले धेरै पढ्यो र जागिरे भयो । उसले गरिबलाई सहयोग गर्न थाल्यो । हरि र उसको आमा मिलेर बसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *