तिमी

कविता साहित्य

विमला रानामगर

रातभरि आकाशमा चम्किरन्छ जून
जूनजस्तै चम्किलो पर्छ तिमी हुन
घमाइलो दिन पार्ने कति राम्रो घाम
घामजस्तै पारिलो पर्छ तिमी हुन ।

छहारीको साथ मिठो सधैँ दिने रुख
रुखजस्तै शीतल दिने पर्छ तिमी हुन
घाम, पानी, हुरी सही फुलिदिन्छ फूल
फूलजस्तै हँसिलो पर्छ तिमी हुन ।

वरपर हरियाली पार्दै बग्ने नदी
बलियो र ठूलो पार्ने पहाडले छाती
नदीजस्तै अघि बढ्ने पर्छ तिमी हुन
पहाडजस्तै अडिग मान्छे पर्छ तिमी हुन ।

रस पाउँदा जुटिकन मह साँच्ने मौरी
मिलिजुली अघि बढ्ने कमिलाको ताँती
मौरीजस्तै जुट्नुपर्छ देश उठाउन
लक्ष्यबाट हट्नु हुन्न गन्तव्यमा पुग्न ।

–सूर्यविनायक–८, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *