नानीका कविको जन्मजयन्तीमा रामबाबु सुवेदी पुरस्कृत

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, असार २३ गते

भाइबहिनीहरु, नानीका कवि कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ आज एक विशेष समारोहबिच चर्चित बालसाहित्य लेखक रामबाबु सुवेदीलाई प्रदान गरिएको छ ।

कमलादी, काठमाडौँमा रहेको युनिग्लोब विद्यालयमा नानीका कवि कृष्णप्रसाद पराजुलीको ८८ औं जन्मजयन्तीका अवसरमा आयोजित आजको कार्यक्रममा समारोहका प्रमुख अतिथि वरिष्ठ लेखक एवम् वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले १० हजार नगद र प्रमाणपत्रसहित कवि सुवेदीलाई पुरस्कार अर्पण गर्नुभयो ।

कृष्ण साहित्य सदनका संरक्षक साहित्यकार शास्वत पराजुलीले स्वागत गर्नुभएको कार्यक्रममा नानीका कवि पराजुलीको ‘मनमाया’ महाकाव्यमा शोध गरी स्नातकोत्तर तहमा सर्वप्रथम हुन सफल शोधार्थी डिल्ली नेपाललाई पनि सम्मान गरिएको थियो ।

वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिलदेव लामिछानेले पुरस्कृत र सम्मानित व्यक्तित्वहरु क्रमश: रामबाबु सुवेदी र डिल्ली नेपालको बारेमा बोल्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले रामबाबु सुवेदी नेपाली बालगीतकारका रुपमा चर्चित लेखक हुनुहुन्छ भन्नुभयो ।

नेपाली बालसाहित्यका क्षेत्रमा विगत ५ दशकदेखि निरन्तर योगदान दिनुभएकाले वरिष्ठ साहित्यकार कवि रामबाबु सुवेदीलाई पुरस्कृत गरिएको कृष्ण साहित्य सदन नेपालका संरक्षक शास्वत पराजुलीले बताउनुभएको छ ।

 रामबाबु सुवेदी मेरो गाउँ ज्यामिरे जामुनीको छोरो म, आइतबार बिहानै घामसित उठेँ म लगायत दर्जनौं गीतका लेखक हुनुहुन्छ । उहाँका गीतहरु अनलाइनमा थ्रिडी एनिमेसनमा पनि हेर्नसकिन्छ । उहाँको युट्युब च्यानलको नाम रामबाबु सुवेदी अफिसियल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *