११ वर्षकी बालकलाकारले एक करोड दान गर्नुभयो

Featured Highlights अन्तर्राष्टिय तस्बिरको कथा प्रतिभा परिचय मेरो आवाज समाचार

दक्षिण भारतीय सिनेमाका सुपर स्टार नायक महेशबाबुकी छोरी सीताराले आफ्नो ११ औं जन्मदिनका अवसरमा वेसहारा मानिसहरुलाई सहयोग गर्न एक करोड रुपियाँ दान गर्नु भएको छ ।
मूलत दक्षिण भारतमा अत्यन्त लोकप्रिय यी बाल कलाकार हालसालै एउटा प्रसिद्ध ज्वेलरी कम्पनीको सद्भावना दूत समेत बन्नुभएको छ ।
सानै उमेरमा दान गर्नेमा रेकर्ड बनाउन सफल सीताराले आफूले विभिन्न कामबाट आर्जन गरेको रकम दान गरेको कुरा बताउनुभएको फ्रिप्रेस जर्नलको समाचारमा उल्लेख गरिएको छ ।
११ वर्षीय दयालु बालिका सीताराकी आमा नम्रता पनि चर्चित अभिनेत्री हुनुहुन्छ । उहाँले बलिउडका सुपर स्टार नायक सञ्जय दत्तको सुपर हिट सिनेमा ‘वास्तव’ मा मुख्य अभिनेत्रीको भूमिकामा उत्कृष्ट अभिनय गरी पुरस्कारहरु पनि जित्नुभएको थियो ।
जुलाइ २० मा जन्मदिन मनाउनुभएकी प्रतिभाशाली बालकलाकार सीतारालाई केटाकेटी अनलाइन बालपत्रिकाको तर्फबाट पनि धेरैधेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *