क्वालिटी स्कुलको २५ औं स्थापना दिवसमा ‘पढाउनलाई पढौं’ कार्यक्रम

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर/साउन ५ गते

क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुल, चाँगुनारायण–६, नगरकोट फेदी, भक्तपुरले आफ्नो २५ औं स्थापना दिवस अभिभावक, विद्यार्थी र शिक्षककेन्द्रित गतिविधिहरू सञ्चालन गरेर मनाउँदै आएको छ । सोही क्रममा मिति २०८० श्रावण ५ गते, शुक्रबारका दिन ‘पढाउनलाई पढौं’ र हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा शिक्षणरत सम्पूर्ण शिक्षकहरूको प्रभावकारी शिक्षण हेतू आयोजित उक्त कार्यक्रमहरू नगरकोटस्थित होटल हिमालयन ग्लासियरको सभाहलमा सम्पन्न भएको थियो ।

सिकाई कार्य वैज्ञानिक र प्रभावकारी हुनका लागि शिक्षक अध्ययनशील हुनुपर्दछ भन्ने कुरालाई मनन गर्दै साहित्यकार तथा अभियन्ता हरिहर तिमिल्सिना तथा सिकाई समूहका अभियन्ता सुदर्शन घिमिरेको सहजीकरणमा ‘पढाउनलाई पढौं’ कार्यक्रम सम्पन्न भएको थियो । किताबरहित शिक्षा आजको आवश्यकता बन्दै गएको यो समयमा यस्ता कार्यले सिकाई कार्यमा शिक्षक विद्यार्थी दुवैलाई सहज हुने जानकारी विद्यालयका प्रिन्सिपल जी.वी. खड्काले प्रस्ट्याउनु भयो ।

शिक्षकहरूलाई प्रशिक्षक राजिव बराईलीको सहजीकरणमा हस्तलेखन तालिमसमेत प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका ३४ जना शिक्षक सहभागी रहनुभएको थियो । विद्यालयले यस वर्ष २५ औं स्थापना दिवसको अवसरमा विविध २५ कार्यक्रम सम्पन्न गर्ने योजना रहेको विद्यालयका प्रिन्सिपल खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *