काठमाडौँ, भदौ १ गते
नेपाल बाल साहित्य समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आइएको जयपृथ्वी बालप्रतिभा पुरस्कारबाट यस वर्ष दुई जना बालप्रतिभाहरु पुरस्कृत हुनुहुने भएको छ । यस वर्ष प्रदान गरिने जयपृथ्वी बालप्रतिभा पुरस्कार (चित्र) आश्रिती श्रेष्ठ र जयपृथ्वी बालप्रतिभा पुरस्कार (साहित्य) समर्पण न्यौपाने लाई प्रदान गरिने निर्णय गरिएको समाचार प्राप्त भएको छ।
चित्रकलातर्फ पुरस्कृत बालप्रतिभा आश्रिति स्वस्ती श्री गुरुकुल स्कुल, सानो भर्याङ, काठमाडौँमा कक्षा छ मा र साहित्यतर्फ पुरस्कृत बालप्रतिभा न्यौपाने ज्ञानदीप शिक्षा सदन, हेटौँंडामा कक्षा १० मा अध्ययनरत रहनुभएको छ ।
त्यस्तै यस वर्षको जयपृथ्वी सम्मान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसअघि जय पृथ्वी सम्मान समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार डा. चूडामणि बन्धुलाई प्रदान गरिएको थियो । यो पुरस्कार राष्ट्रिय विभूती जय पृथ्वीबहादुर सिंहको स्मृतिमा स्थापना गरिएको हो ।