केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू किताब नेपालको इतिहास र संस्कृतिहरुको बारेमा लेखहरु प्रकाशित गर्ने महान् विद्वान स्व. सत्यमोहन जोशीद्वारा लिखित हो। किताबको प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपाल हो। सत्यमोहन जोशीले हाम्रो देश नेपालको इतिहास र धार्मिक एवम् सांस्कृतिक सम्पदाहरुको बारेमा किताबहरू लेख्नुभएको छ । यो केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नामक किताबमा नेपालका केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको परिचय र तीनका सन्दर्भकथाहरु लेखिएको छ । यस किताबमा ६ धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको बारेमा बताइएको छ । हरेक पाठको जानकारीसाथ समावेश गरिएका किम्बदन्ती कथाहरु रोचक छन् ।
यस किताबमा तलेजुको गगनचुम्बी देवल, पाटनको कृष्ण मन्दिर, हिरण्यवर्ण महाविहार, विष्णुविक्रान्तको मूर्ति, अशोक स्तम्भ र श्वेत चैत्यका बारेमा सरल भाषामा जानकारी दिइएको छ ।
हाम्रो देश नेपाल यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाहरूले विश्वमा धेरै प्रसिद्ध छ तर आजभोलि अहिलेको नयाँ प्रविधिमा धेरै समय बिताउनाले गदा हामीले यी संस्कृतिहरु लोप हुँदै गइरहेको हेक्का गरेका छैनौँ। यी सांस्कृतिक सम्पदाहरू हाम्रो देशको पहिचान भएकाले हामीले यसलाई हराउन दिनुहुँदैन ।
बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेकाे सत्यमोहन जोशीद्वारा लिखित यो किताब सबै बालबालिकाले एकपटक पढ्नै पर्ने किताब हो । अशाेकमान सिहकाे सुन्दर कलाकारितामा सजिएकाे यस किताबकाे मूल्य रु १२५ रहेकाे छ ।