ललितपुर- ११ असाेज २०८०/ रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलको फुटसल मैदानमा रिजेन्ट इन्टर स्कुल फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गर्नुभएको कार्यक्रममा ७ वटा स्कुलले भाग लिएका थिए । टुर्नामेन्टमा छात्र र छात्रा समूहबिच छुट्टाछुट्टै प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा ब्राइट फ्युचर स्कुल, प्रेरणा स्कुल, श्रीकुल स्कुल, माछापुच्छ्रे स्कुल, अस्मिता स्कुल, सुदेसा स्कुल र रिजेन्ट रेसिडेन्सियल स्कुलबिच प्रतिस्पर्धा भएको थियो । छात्र समूहमा अस्मिता स्कुल प्रथम, प्रेरणा स्कुल द्धितीय र ब्राइट फ्युचर स्कुल तृतीय भएको थियो भने छात्रा समूहमा अस्मिता स्कुल प्रथम, रिजेन्ट स्कुल दोस्रो र श्रीकुल स्कुल तेस्रो भएको थियो ।
विजय टोलीहरूलाई रिजेन्ट स्कुलका प्र.अ. नवराज सञ्जेल, रोटरी महाबौद्ध प्रतिनिधि तथा पूर्व अध्यक्ष देवराज घिमिरेद्वारा संयुक्त रूपमा मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।