चञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा
आज मनमा राखेर
उहाँको ममता र स्नेहलाई सम्झँदै गर्दा
मेरो आँखामा आँसुबाहेक केही रहेन ।
काखमा राखेर खाना ख्वाएर
मेरो पेटलाई त सन्तुष्टि दिनुहुन्थ्यो
तर, उहाँको भोको पेटको कसलाई मतलब ?
चकचके स्वभावकी म
हल्का क्रोधित मेरा हजुरबुबा
गाली गर्नुभए पनि उहाँले मायाको कुरा गर्नुहुन्थ्यो ।
अझै पनि सम्झँन्छु–
उहाँले धर्ती छोड्नुभएको पल
कोमल मनले व्यक्त गर्दैछु अहिले ।
सताउन त धेरै सताइदियो उहाँको यादले
तर, अन्तिम अवस्थामा याद आयो
सानोमा उहाँले मलाई खाना ख्वाउनुभएको थियो
पछि मेरो पालो आयो ।
आँसुका थोपा झर्छन् अहिले
यी कोमल हातले लेख्दा–
खुसीका क्षण फर्केझैँ लाग्छ,
हजुरबुबासँगका ती दिनहरूलाई मनले अँगाल्दा !
कक्षा : ११, ख्वप: कलेज, भक्तपुर ।