‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बाट रामबाबु सुवेदी पुरस्कृत

Featured Highlights राष्ट्रिय समाचार

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ यस वर्ष २०८० का लागि वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीलाई प्रदान गरिने भएको छ ।
साहित्य सिर्जन, प्राध्यापन र समाजसेवा क्षेत्रका बहुआयामिक व्यक्तित्व प्रेरणापुरुष दैवज्ञराज न्यौपाने (१९९९-२०६८) का योगदानका विभिन्न पक्षको अध्ययन, अनुसन्धान र प्रचारप्रसार गरी विशिष्ट कृति र कीर्तिलाई चिरस्थायी बनाउने उद्देश्यले विभिन्न कार्य सम्पादन गर्न स्थापित दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट व्यवस्थित सम्मान तथा पुरस्कारहरू २०७९ देखि प्रतिवर्ष अर्पण गरिने गरिएको प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाबाहिर पनि गतिविधि सञ्चालन गर्दै जाने लक्ष्यका साथ प्रतिष्ठानले २०८० सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारहरू प्रेणापुरुष कवि दैवज्ञको बयासीऔँ जन्मजयन्ती तथा बाह्रौँ स्मृतिदिवसको सन्दर्भमा यही मङ्सिर ३० गते, शनिवार पोखरामा कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *