भाइबहिनहरु, वरिष्ठ कलाकार हरिवंश आचार्य अहिले गीत रचना, संगीत र गायनमा सक्रिय हुनुहुन्छ । उहाँले एक पछि अर्को गीत सार्वजनिक गरिरहनुभएकाे छ। जनचेतनामूलक सृजनालाई सबै दर्शकमाझमा पुर्याउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।
‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दीपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमलमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ। गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।