चन्द्रागिरीका सामुदायिक विद्यालयमा बालविकास कक्ष

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

रासस, २५ चैत/ चन्द्रागिरी नगरपालिकाले आफू मातहतका सबै सामुदायिक विद्यालयमा बालविकास कक्ष अनिवार्य गरेको छ । आगामी वैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् । विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिलट बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बालविकास कक्ष सबलीकरण’ भइसक्ने छन् ।

नगर क्षेत्रका सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ गर्ने सम्भवतः चन्द्रागिरी नगरपालिका पहिलो भएको बताइएको छ । नगरपालिकाले वि.सं २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएका एवं पुराना संरचनाको विद्यालय भवनलाई भत्काई नयाँ भवन बनाइ सकिएको छ । शैक्षिक सुधार अभियान जारी राखेको नगरपालिकाले विद्यालयमा इन्टरनेट सहित कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिएको छ । यसै क्रममा चन्द्रागिरी–२ बाडभञ्ज्याङस्थित श्रीभीम माध्यमिक विद्यालयको बालविकास कक्ष सबलीकरण गरिएको छ । नगरपालिकाको रु दुई लाख ६५ हजार आर्थिक सहयोगमा सो विद्यालयमा बालविकास कक्ष सबलीकरण भएको हो ।

सबै सामुदायिक विद्यालयका बालविकास कक्ष नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै सबलीकरण भइसक्ने जानकारी दिँदै यस्ता कक्षमा समान पाठ्यपुस्तक, खेलसामग्री, स्मार्ट बोर्ड रहने चन्द्रागिरी नगरपालिकाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *