दैनिक खानामा अन्न, दाल, गेडागुडी, दूध, माछा. बोसो नभएको मासु अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित रुपमा खाने गरौं ।
परिचयः
मानिसको शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक वृद्धि र विकास गर्न र रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरु अति आवश्यक छन् । शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु निम्नानुसार छन् जुन हामीले खाने कुराबाट प्राप्त गर्दछौ ।
१. काबर्बोहाइड्रेट २. प्रोटिन ३. खनिज पदार्थ ४. चिल्लो पदार्थ ५. भिटामिन र पानी ।
मानिसहरुले स्वस्थ रहन सन्तुलित आहार खाने र प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्दछ ।
उपयोगिताको आधारमा खानालाई ३ भागमा वर्गीकरण गर्न सकिन्छ :
१) शक्ति दिने खाना : कार्बोहाइड्रेट, चिल्लो पदार्थ
कृषिजन्य स्रोतः गहुँ, मकै, धान, मह, सखरखण्ड, केरा, तेल, बदामको तेल, कोदो, फापर, आलु आदि ।
पशुजन्य स्रोत: नौनी, घ्यू, बोसो ।
अन्य स्रोतः चिनी, सख्खर, मिठाई, गुड (भेली) आदि ।
२) शरीर वृद्धि विकास गर्ने खाना प्रोटिन
कृषिजन्य स्रोतः दाल, गेडागुडी, सिमी, बदाम, केराउ, मास भटमास, गहत आदि ।
पशुजन्य स्रोत दूध, चिज, माछा, अन्डा, मासु, कलेजो र जनावरका शरीरका भित्री अङ्गहरु, रगत आदि ।
३) रोग लाग्नबाट बचाउने खाना भिटामिन, खनिज पदार्थ
कृषिजन्य स्रोतः हरिया सागपात र अन्य तरकारी, ट्सा उमारेका गेडागुडी, फलफूल आदि ।
पशुजन्य स्रोत दूध, दही, चिज, माछा, मासु, अन्डा आदि ।
खनिज पदार्थले दाँत, हड्डी र मांसपेशीहरु स्वस्थ्य राख्ने काम गर्दछ भने फाइबरले आन्द्रालाई राम्रोसँग काम गराउन मद्दत गर्दछ ।
सन्तुलित आहार खानु किन आवश्यक छ ?
– संक्रमण तथा रोग लाग्नबाट बच्न
– तौल सन्तुलनमा राख्न
– शारीरिक तथा मानसिक स्वास्थ्य बुद्धि विकास गराउन
– सक्रिय जीवनशैली यापन गर्न
सन्तुलित र स्वस्थ खानपिन कसरी उपलब्ध हुन्छ ?
– प्रशस्त मात्रामा सागसब्जी, फलफूल, बदाम, भटमास, गेडागुडी र दाल खाने गरेमा ।
– आयोडिनयुक्त ननको प्रयोग गरेमा ।
– प्रोटिनयुक्त खाना जस्तैः दाल, गेडागुडी, दूध, माछा, मासु, अण्डा, कलेजो आदि खाने गरेमा ।
– घरमा पाक्ने खानामा नुन कम हाल्ने र दिनमा ५ ग्राम भन्दा कम नन खाने । त्यस्तै चिनीको प्रयोग पनि कम मात्रामा गर्ने ।
– कृत्रिम मिसावटवाला तथा क्यान्सर गराउने खानेकुरा नखाएमा ।
– मदिरा र सुर्तिजन्य पदार्थको सेवन नगरेमा ।
– भिटामिन, खनिज पदार्थ र फाइबरयुक्त खानेकुरा खाने गरेमा ।
– प्रशस्त मात्रामा पानी पिउने गरेमा ।
– जंक वा फास्टफुडहरु जस्तैः चाउचाउ, चिप्स, पिज्जा खाने बानी नगर्ने र घरमा पकाएका चिजबिजलाई बढावा दिने गरेमा ।
– बच्चा, महिला तथा वृद्धवृद्धाहरुले दूद्ध तथा द्धबाट बनेका परिकारहरु खाने गरेमा ।
आजभोलि बालबालिका लगायत युवाहरुले पत्रु खाना (जंक फूड) खाने गर्दछन् । जसले गर्दा शरिरलाई बढी क्यालोरी हुन्छ र मोटोपना बढ्छ । त्यसैले चिल्लो, बोसोयुक्त खानाहरु नखाने र सन्तुलित खाना खानु पर्छ ।
(स्राेत: नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौ)