इप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न : अध्यक्षमा जि. बि. खड्का चयन हुनुभयो

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार
अध्यक्ष जी. बी. खड्का

२०८१ पुस २०, भक्तपुर/ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन हिजो पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा सम्पन्न भयो । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको यस अधिवेशन मार्फत् क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक/प्रिन्सिपल जी. बी. खड्का अध्यक्षमा चयन हुनुभएको छ भने सूर्योदय सेकेण्डरी स्कुलका प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात विद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा सचिव, ग्लोवल एकेडेमीका प्रिन्सिपल के. वी. ङाखुसी सहसचिव, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा कोषाध्यक्ष चयन हुनुभएको छ।

त्यसैगरी मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, इडेन गार्डेन इङ्लिस स्कुल का प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स इङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल विद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी इङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु तथा नगरकोट सनराइजका प्रिन्सिपल सूर्य घिसिङ्ग सदस्यमा चयन हुनुभएको छ ।

एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, विद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था बि। स। २०५७ मा स्थापना भएको हो।

यस अधिवेशन मार्फत संस्थालाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडि बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी बिपद् कोष संचालनलाई भावि योजनाका रुपमा अगाडि बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *