कविता लेखन प्रतियोगिता सम्पन्न

Featured Highlights समाचार

भक्तपुर.,जेठ २६, २०८३
एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा मिति २०८३ जेठ २४ र २५ गते दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकार द्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण प्रदान गर्नु भएको थियो।

सूर्यविनायक रिसोर्ट, घलातेमा सम्पन्न उक्त कार्यक्रममा ५६ जना विद्यार्थी सहभागी रहनु भएकाे थियाे । दोस्रो दिन भएको कविता लेखन तथा वाचन प्कारतियाेगितामा कक्षा ५ बाट विमल मेमोरियल विद्यापिठका सिविका भुजेल, हिमाल एकेडेमीका अन्जन अधिकारी, क्वालिटी इङ्लिस स्कुलका राज्वी लामिछाने र सूर्योदय सेकेन्डरी स्कुलका सेलेना कर्माचार्यले क्रमशः प्रथम,द्वितिय,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।


कक्षा ६ बाट क्वालिटी इङ्लिस स्कुलका जेनिसा मगरले प्रथम स्थान हासिल गर्नुभएकाे थियाे भने ग्लोबल एकेडेमीकी श्रेया वोहजुले द्वितीय, युनिटी इङ्लिस स्कुलका हिमांशु भट्टले तृतीय र सेन्ट जोन्स इङलिस स्कुलकी अनिसा धमलाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।
त्यसैगरी कक्षा ७ अन्तर्गत सूर्योदय सेकेन्डरी स्कुलका छात्रा पाल्मो तामाङ्ग प्रथम, सेन्ट जोन्स इङ्लिस स्कुलकी छात्रा पूर्णिमा सुनार दोस्रो, पारिजात विद्याकुञ्जका छात्र सौरभ कार्की तृतीय र क्वालिटी इङ्लिस स्कुलका छात्र अभिषेक दुलाल सन्त्वना पुरस्कारबाट पुरस्कृत हुन सफल भएका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष जी.बी. खड्काले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै साहित्यिक लेख रचनाको सृजनात्मक क्षमताले बवद्यार्थीहरुको सिकाइमा सकारात्मकता ल्याउनुका साथै साहित्यिक क्षेत्रको वृद्धि र विकासमा योगदान पुग्ने कुराको चर्चा गर्नुभएकाे थियाे । सचिव बिक्रम थापाले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका सम्पूर्ण संस्थापक प्रिन्सिपलको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *