रिजेन्ट स्कुलमा अभिभावक शिक्षा तथा रक्तदान कार्यक्रम

रिजेन्ट आवासीय मावि, ललितपुर–२३, धापाखेलमा बालबालिकाको शिक्षण सुधारका लागि विद्यार्थीको सरोकारका विभिन्न विषयमा छलफल गरी तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्ट अफ ज्वाएफुल प्यारेन्टिङ नामक यस कार्यक्रममा प्राथमिक र माध्यमिक तहका विद्यार्थीका लागि छुट्टाछुट्टै हलमा आयोजित कार्यक्रमलाई प्रतीक्षा गौतम र सुशील उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा MUN कार्यक्रम

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर-२३, धापाखेलद्वारा आयोजित ३ दिने “Regent Intra- Model United Nations (MUN)” कार्यक्रम मङ्सीर २९ देखि पुस १ (December 15-17, 2023) सम्म उत्साहपूर्ण रुपमा सम्पन्न भयो । कार्यक्रमको कार्यक्रमकाे उद्घाटन वागमती प्रदेश सभाका माननीय उप-सभामुख अप्सरा चापागाईले गर्नुभएको थियो ।

CONTINUE READING

ट्राफिक चिन्ह कसले बनायो ?

आधुनिक यातायात सुरु हुनुभन्दा पहिले नै ट्राफिक जामको समस्या सुरु भइसकेको थियो । रोममा जुलियस सिजरले पहिलोपल्ट सडकमा भिड कम गर्नका लागि आदेश दिएका थिए । त्यसपछि सडकको चौबाटोमा मानिसलाई उभ्याएर राख्न सुरु गरियो । ती सडकमा उभिएका मानिसहरुले हातले इसारा गर्दै गाडीलाई नियन्त्रण गर्दथे ।

CONTINUE READING

पहिलो नाटकघर

ग्रीसमा संसारकै पहिलो थिएटर (नाटकघर) बनाइएको थियो । करिब पाँच सय वर्ष इसा पूर्वमा बनेको यस थिएटरमा धार्मिक कार्यक्रमहरु गरिन्थ्यो । भक्तजनहरुले पूजा गरेको राम्ररी देखुन् भनेर अलि अग्लो भागमा स्टेज बनाइन्थ्यो । यसका लागि कुनै पहाडको अग्लो ठाउँ छानिन्थ्यो । मानिसहरु त्यस स्थानको वरिपरि तलतिर बसेर पूजा हेर्ने गर्दथे ।

CONTINUE READING

मायालु सुगा (कथा) : ललिता ‘दोषी’

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”

CONTINUE READING

‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बाट रामबाबु सुवेदी पुरस्कृत

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ यस वर्ष २०८० का लागि वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीलाई प्रदान गरिने भएको छ ।
साहित्य सिर्जन, प्राध्यापन र समाजसेवा क्षेत्रका बहुआयामिक व्यक्तित्व प्रेरणापुरुष दैवज्ञराज न्यौपाने (१९९९-२०६८) का योगदानका विभिन्न पक्षको अध्ययन, अनुसन्धान र प्रचारप्रसार गरी विशिष्ट कृति र कीर्तिलाई चिरस्थायी बनाउने

CONTINUE READING

कक्षागत सिकाईको स्तर खस्कँदै

 पछिल्लो समय बालबालिकाको सिकाइको स्तर खस्कँदै गएको पाइएको छ । साना कक्षाको तुलनामा माथिल्ला कक्षामा सिकाइको स्तर कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको हो । अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि चिन्ताजनक देखाएको छ ।

CONTINUE READING

सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

सामुदायिक विद्यालयमा अध्ययनसँगै कृषि कर्ममा लगाउने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यले एकातिर विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल हुँदै गएको छ भने अर्कोतिर पढाई खर्च पनि आफैं जुटाउन सहज भएको छ । केही पहाडी तथा तराईका जिल्लामा अध्ययन र कृषि कर्मलाई विद्यार्थीले सँगसँगै अघि बढाएका छन् । पाल्पाको रामपुरमा रहेको एक सामुदायिक विद्यालका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ५८ जना विद्यार्थीले पढाईसँगै तरकारी खेति गरेर कमाई समेत गरिरहेका छन् ।

CONTINUE READING

प्रश्न सोध्ने बालबालिका नै असल र सफल हुन्छन् : शान्तदास

आदरणीय लेखक शान्तदाससँग बालप्रतिभा नयनले गर्नुभएको कुराकानी । भर्खरै दिवंगत हुनुभएका अग्रज लेखक शान्तदासको यो अन्तर्वार्ता सम्भवत अन्तिम अन्तर्वार्ता हुनसक्छ । लेखक शान्तदासप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना साथ यो कुराकानी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING