शान्तदास सम्मान भक्त राजभण्डारीलाई

आजबाट सुरु भएको १५ औँ बालनाटक महोत्सवको उद्घाटन समारोहमा बालसाहित्य रत्न शान्तदासको स्मृतिमा स्थापित शान्तदास स्मृति सम्मान २०८० बाट भक्तपुर इङ्लिस स्कुल, भक्तपुरका प्राचार्य शिक्षासेवी भक्त राजभण्डारीलाई सम्मानित गरिएको छ ।
विगत चार दशकभन्दा लामो समयदेखि शिक्षा सेवाका क्षेत्रमा संलग्न वरिष्ठ शिक्षासेवी राजभण्डारीले विद्यालयको स्थापना समयदेखि नै शान्तदास मानन्धरको लेखनमा

CONTINUE READING

अन्तरविद्यालय कुरुक्षेत्र रोबोटिक्स प्रतियोगितामा विभिन्न विद्यालय पुरस्कृत

रिजेन्ट आवासीय स्कुल, धापाखेल, ललितपुरद्वारा आयोजित अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता कुरुक्षेत्रमा विभिन्न विद्यालय पुरस्कृत भएका छन् । आज रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलको सभापतित्वमा आयोजित समापन समारोहमा स्मार्ट सिटी अवधारणा प्रदर्शनी एवम् रोबोटिक्स प्रतियोगितामा विजयी बालबालिकालाई पूर्व सांसद माननीय नवराज सिलवालले पुरस्कार वितरण गर्नुभयो ।
यस प्रतियोगितामा रोबो वार (भिडन्त) मा मदर्स कास्टल स्कुल विजयी र बालकुन्ज इङ्लिस सेकेन्डरी स्कुल फस्ट रनर अप भयो । यस्तै लाइन फलोइङमा रिजेन्ट स्कुल विजयी र फस्ट रनर अप निर्मल विकास एकेडेमीले प्राप्त गर्न सफल भयो ।

CONTINUE READING

रिजेन्ट स्कुलमा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता

रिजेन्ट आवासीय स्कुलमा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता आजबाट सुरु भएको छ । २७ गते शनिवार विद्यार्थीहरुले तयार गर्नुभएका उपकरणहरुको प्रदर्शनी र प्रतियोगिताको नतिजा घोषणा गरिने आयोजक विद्यालय रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलले बताउनुभएको छ ।
कुरुक्षेत्र अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता नामक यस प्रतियोगितामा १५ वटा विद्यालका बालबालिकाहरुले भाग लिनुभएको छ ।

CONTINUE READING

बालसाहित्य लेखक विमला निरौलाको ‘यात्रामा देश’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्य लेखक विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ ।
साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गर्नुभएकाे थियाे ।

CONTINUE READING

बालसाहित्य लेखक कविता पराजुलीले एक लाखको पुस्तक दान गर्नुभयो

केटाकेटी अनलाइन बालपत्रिकाको ‘पुस्तक दान महादान’ अभियानका लागि आदरणीय बालसाहित्य लेखक एवम् समाजसेवी कविता पराजुलीले केटाकेटी अनलाइन बालपत्रिकालाई रु. एक लाखको बालपुस्तक दान गर्नुभएको छ । लेखक पराजुलीले रचना गर्नुभएका उत्कृष्ट ११ बालकथाहरु समावेश रहेको भ्यागुताको योग कृतिको नेपाली र अंग्रेजी संस्करण गरी ३७५ प्रति पुस्तक उहाँँले यस अभियान सफल बनाउनका लागि दान गर्नुभएको छ ।

CONTINUE READING

बालसाहित्य लेखक बिक्रमभक्त जोशीलाई ५ प्रश्न

अहिले पढ्दैगरेकोमा पहिलो त रस्किन बन्डको आत्मकथा ‘लोन फक्स डान्सिङ’ हो । यसमा उनका बाल्यकालदेखिका अनेक संस्मरणहरु साह्रै मिठासपूर्ण तवरले वर्णन गरिएको छ । सत्र वर्षको कलिलो उमेरमा ‘द रुम अन द रुफ’ नामक किशोर उपन्यास लेखेर पुरस्कृत भएका यी बृटिश मूलका भारतीय लेखकले देहरादून वरपरका क्षेत्रलाई आधार बनाएर लेख्ने गर्छन् । वरिपरिका प्राकृतिक दृश्य र दैनन्दिन क्रियाकलापलाई मिहीन ढङ्गले वर्णन गर्दै लेखिएका उनका किशोरसाहित्यका पुस्तकहरु मलाई औधी मन पर्छन् ।

CONTINUE READING

लेखक रामबाबु सुवेदीको जीवन कथा

लौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।

CONTINUE READING

रिजेन्ट स्कुलमा अभिभावक शिक्षा तथा रक्तदान कार्यक्रम

रिजेन्ट आवासीय मावि, ललितपुर–२३, धापाखेलमा बालबालिकाको शिक्षण सुधारका लागि विद्यार्थीको सरोकारका विभिन्न विषयमा छलफल गरी तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्ट अफ ज्वाएफुल प्यारेन्टिङ नामक यस कार्यक्रममा प्राथमिक र माध्यमिक तहका विद्यार्थीका लागि छुट्टाछुट्टै हलमा आयोजित कार्यक्रमलाई प्रतीक्षा गौतम र सुशील उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा MUN कार्यक्रम

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर-२३, धापाखेलद्वारा आयोजित ३ दिने “Regent Intra- Model United Nations (MUN)” कार्यक्रम मङ्सीर २९ देखि पुस १ (December 15-17, 2023) सम्म उत्साहपूर्ण रुपमा सम्पन्न भयो । कार्यक्रमको कार्यक्रमकाे उद्घाटन वागमती प्रदेश सभाका माननीय उप-सभामुख अप्सरा चापागाईले गर्नुभएको थियो ।

CONTINUE READING

ट्राफिक चिन्ह कसले बनायो ?

आधुनिक यातायात सुरु हुनुभन्दा पहिले नै ट्राफिक जामको समस्या सुरु भइसकेको थियो । रोममा जुलियस सिजरले पहिलोपल्ट सडकमा भिड कम गर्नका लागि आदेश दिएका थिए । त्यसपछि सडकको चौबाटोमा मानिसलाई उभ्याएर राख्न सुरु गरियो । ती सडकमा उभिएका मानिसहरुले हातले इसारा गर्दै गाडीलाई नियन्त्रण गर्दथे ।

CONTINUE READING