आकाश धर्तीको विछोड

कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।

CONTINUE READING

मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न

वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण तथा प्रतिभा प्रस्तुति कार्यक्रम- २०७९ मा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राख्नुभयाे । उहाँले भक्तपुरको मदरल्याण्ड स्कुलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको स्मरण गराउँदै ८०० भन्दा बढी विद्यार्थीहरु पढ्ने मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको लागि जति मिहिनेत गरेको छ त्यो प्रशंसनीय रहेको छ भन्नुभयाे ।

CONTINUE READING

सनम गुमान्जूकाे चित्रकला

यस पटक हामीले भक्तपुर स्थित यूनिटी स्कुलका सनम गुमान्जूले बनाउनुभएको ‘नेवारी पाेशाक’ शीर्षककाे चित्रकला प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

साना बालबालिकालाई माेबाइल किन दिनु हुँदैन ?

हालसालै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गरी साना बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित निर्देशिका जारी गरेको छ । जसमा भनिएको छ, बालबालिकाको सही र सम्पूर्ण विकाशको लागि इलेक्ट्रोनिक स्कृिनहरूलाई उनीहरूको जीवनको हिस्सा बन्न नदिनु अत्यन्त जरुरी हुन्छ। विश्व स्वास्थ्य संगठन मान्दछ कि इलेक्ट्रॉनिक डिवाइस हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ तर सम्भव भएसम्म बालबालिकालाई यसबाट टाढै राख्नु अत्यन्त राम्रो हुन्छ। खासगरी ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई टाढा राख्नु पर्छ।

CONTINUE READING

साहित्य अकादमी बालसाहित्य पुरस्कार प्राप्त लेखक स्नेहलता राई

साहित्यकार स्नेहलता राई भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार बालसाहित्य अकादमी पुरस्कार नेपाली भाषाका लागि प्राप्त गर्न सफल लेखिका हुनुहुन्छ । उहाँ ६ जनवरी सन् १९५० मा तकभर, दार्जिलिङ, भारतमा जन्मनु भएको हो । साहित्यकार पिता रोबीन नेचाल र माता शारदा नेचालकी सुपुत्री स्नेहलता पति पूरण थुलुङ राईसँगै अहिले माउन्ट हर्मन स्टेट, दार्जिलिङमामा बस्नुहुन्छ । उहाँ पिप्ली प्रा. पाठशालाको पूर्व प्रधान अध्यापिका हुनुहुन्छ । उहाँले शिक्षण पेशाबाट सन् २०१० मा अवकाश प्राप्त गर्नु भएको थियो ।

CONTINUE READING

ब्राइट फ्युचर स्कुलका प्रसुन वर्ल्ड राइजिङ स्टार

ब्राइट फ्युचर स्कुल (नैकाप, काठमाडाैँ) का प्रतिभाशाली बालगायक प्रसुन जंग पोखरेल जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार-२०२३ प्रतियोगितामा वर्ल्ड राइजिङ स्टारको उपाधि प्नाप्त गर्न सफल हुनुभएकाे छ ।
नेपालबाट प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागी हुनुभएकाे पोखरेलले राष्ट्रिय पोसाक टाइटल पुरस्कार पनि जित्नुभएकाे थियाे ।

CONTINUE READING

आदरणीय लेखक माधव सयपत्रीसँग कुराकानी

साथै २०६८ सालको ‘पारिजात पाण्डुलिपि पुरस्कार’ पाएको ‘साहसी साथी’ बालउपन्यास यसै वर्ष बालबालिकाको हातमा पर्नेछ । यो मेरो पछिल्लो कृति हो ।
सिद्धान्तको फेरो समातेर मात्र लेख्नु पर्छ भन्ने रुढ विचार म राख्दिनँ । तर आफूले लेखेको रचना पश्चगमनको मतियार नहोस्, अन्धविश्वासको वकालत नगरोस्, पढ्नेहरूले केही ‘खास’ अनुभूत गरून् भन्ने कुरामा भने सचेत छु ।

CONTINUE READING

विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार

भाइबहिनीहरु, स्वीडेनी लेखक अस्ट्रिड लेनग्रेनकाे स्मृतिमा स्थापित विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार अस्ट्रिड लेनग्रेन स्मृति पुरस्कार २०२३ (Astrid Lindgren Memorial Award 2023) बाट अमेरिकी लेखक लौरी ह्याल्स एन्डरसन पुरस्कृत हुनुभएकाे छ। उहाँले यस पुरस्कार वापत ५ मिलियन स्विडिश क्रोना पाउनुभएकाे छ। जुन रकम अहिलेको दर अनुसार 475,000 डलर अर्थात नेपाली रकम ६ कराेड २२ लाख भन्दा धेरै हुन्छ । उक्त पुरस्कार घाेषणाको प्रत्यक्ष प्रसारण मार्च ७ का दिन स्टकहोमका साथसाथै बेलोनिया चिल्ड्रेन्स बुक फेयरमा गरिएको थियो ।

CONTINUE READING