रमाइलो होली
साथी साथी मिलेर
रमाइलो गर्ने हो
रङ रङै दलेर
खुसी भर्ने हो ।
साथी साथी मिलेर
रमाइलो गर्ने हो
रङ रङै दलेर
खुसी भर्ने हो ।
भाइबहिनीहरु, नेपाल बालसाहित्य समाज नेपाली बालसाहित्यकाे विकासका लागि स्थापित सबैभन्दा पुरानाे संस्था हाे । विक्रम सम्वत २०४४ मा स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ । साथै यस संस्थामा विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।
CONTINUE READINGकवि, कथाकार एवम् समालाेचक महेश पाैड्यालद्वारा अल्पायुमै बितेका पुत्ररत्नकाे नाममा स्थापित ‘पराक्रम बालप्रतिभा पुरस्कार’ बाट वर्ष २०७८ का लागि तामाकोशी गाउँपालिका, च्यामाहावा दोलखाकी एलिशा फुयाल र २०७९ का लागि केपिलासगढी गाउँपालिका, बाक्सिला, खोटाङका योगेश राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार प्रतीक ढकालको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले याे निर्णय गरेकाे हाे ।
रातो बंगला स्कुल र रातो बंगला किताबले आयोजना गर्दै आएकाे बालसाहित्य महोत्सव यस वर्ष यही फागुन २० गते आयोजना गरिने भएकाे छ । याे महाेत्सव सन् २०१५ देखि आयोजना गर्न शुरु गरिएको हो । रातो बंगला स्कुलको प्राङ्गणभित्र आयोजना गरिने यस महोत्सवमा भाग लिन चाहने दर्शकले जनाही रु. २०० रुपियाँ शुल्क तिर्नुपर्ने महोत्सवका संयोजक मोनिता गुरुङले बताउनुभएको छ ।
CONTINUE READINGप्रस्तुत नाटक रिजेन्ट रेसिडेन्सियल स्कुलमा कक्षा ९ मा अध्ययनरत बालबालिकाद्वारा तयार गरिएकाे हाे ।
CONTINUE READINGजन्मेपछि मर्नु नै हो जिन्दगीको नियम
पैसा कमायो भने सबैको प्यारो रे
ओइलाएको तोरी
वाग्मती झैं फोहरी
कलमका टुप्पा हेर औंलाभन्दा साना
ती साना टुप्पाले लेख्छन् पानापाना
चाँगुनारायण नगरपालिका वडा न ६ मा रहेको क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुलले २०७९ फागुन १३ गते आफ्नो २४ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री प्रमुख अतिथि रहनुभएकाे थियाे । मन्तव्यका क्रममा उहाँले भन्नुभयो, ”२०५४ सालमा स्थापित क्वालिटी स्कुलले भक्तपुरको शैक्षिक उन्नयनमा आफ्नो अमिट छाप छाड्न सफल भएको छ।