भक्तपुरमा ‘स्टुडेण्ट बुक फेयर’ हुने
भक्तपुर बुक क्लवको आयोजनामा माघ ५, ६ र ७ गतेसम्म तीन दिने “स्टुडेण्ट बुक फेयर” थुसाचा (जगाति र च्याम्हासिंहको बिच) महेश्वरी बैंक्वेटमा हुने भएको छ ।
पठन संस्कृतिलाई बढावा दिने उद्देश्य बमोजिम स्थापित यस क्लबले मासिक रुपमा अन्तिम शुक्रबार पुस्तकसँग सम्बन्धित लेखक तथा पुस्तकको बारेमा पाठकबीच अन्तरसंवाद कार्यक्रम गर्दै आइरहेको छ ।
CONTINUE READING
