प्रधानाध्यापक वीरङ्गना महर्जनसँग कुराकानी

विद्यालयको प्रमुख व्यक्ति प्रधानाध्यापक ।  प्रधानाध्यापकले विद्यालयको रेखदेख, शिक्षक कर्मचारीको परिचालन र विद्यालय व्यवस्थापनमा सहयोग गरी नेतृत्व प्रदान  गर्नुहुन्छ  । विद्यालयलाई कता लैजाने भन्ने कुरा विशेषगरी प्रधानाध्यापककै हातमा रहन्छ । शिक्षालाई गुणस्तरीय र उपलब्धिमूलक बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा  प्रधानाध्यापकको ठुलो भूमिका रहन्छ । त्यसैगरी हरेक बालबालिकाको मनोभावना बुझेर शिक्षा प्रदान गर्ने र रमाइलो वातावरणमा विद्यार्थीहरुलाई सिकाउने र सिक्ने अवसर प्रदान गर्ने हाम्रो सुदेशा स्कुलका प्रधानाध्यापक वीरङ्गना महर्जनज्यूसँग मैले छोटो कुराकानी  गरी उहाँको बारेमा थप जान्ने मौका पाएँ ।

CONTINUE READING

‘विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हाे’: सीएनएन हिराे अनुराधा काेइराला

भाइबहिनीहरु, याे भनाइ सीएनएन हिराे अनुराधा काेइरालाकाे हाे । २०७२ सालमा स्थापित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले विगत वर्षहरूदेखि नै राष्ट्रिय ख्याति कमाएका महिला व्यक्तित्वहरू र महिलासँग सम्बन्धित रहेर कार्य गर्दै आएकाे सामाजिक संस्थालाई नगदसहित सम्मान गर्दै आएकोमा यस वर्ष २०७९ काे कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्यका क्रममा सीएनएन हिराे एवम् माइती नेपालका अध्यक्ष अनुराधा काेइरालाले याे विचार व्यक्त गर्नुभएकाे हाे ।

CONTINUE READING

लेखक जुलीको ‘साथी’ कथा पढेपछि

मलाई अमेरिकी लेखक जुली पलेसद्वारा लिखित ‘साथी’ कथा एकदमै मनपर्यो । यो कथामा हामीले कुकुरलाई नराम्रो व्यवहार गर्नुहुँदैन भनी ज्ञान दिइएको छ । हुन पनि हो हामीले कसैलाई दुर्व्यवहार गर्नुहुन्न, चाहे त्यो पशु होस् वा चाहे मानिस नै । कुकुरहरूको पनि हाम्रोजस्तै परिवार हुन्छन् । त्यसैले हामीले उनीहरूलाई हानी गर्नुहुन्न । कुनै कुकुर नराम्रो अवस्थामा देख्यो भने हामीले सके आफैँं उपचार गर्ने, नसके उद्दारकेन्द्रमा सम्पर्क गर्नुपर्छ ।

CONTINUE READING

महान् फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।

CONTINUE READING

पोखरामा ‘सम्पदा दर्शन’ का लेखकसँग छलफल कार्यक्रम सम्पन्न

‘सम्पदा दर्शन’ बालनियात्राकृतिका वरिष्ठ लेखक सुशीला देउजासँग भास्कर मेमोरियल स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत बालबालिकाहरुले हिजो पुस ११ गते छलफल गर्नुभएको समाचार प्राप्त भएको छ ।
बालसाहित्य प्रतिष्ठान नेपालको नियमित लेखक भेटघाट कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक अन्तर्गत भास्कर मेमोरियल स्कुलको आँगनमा आयोजित यस कार्यक्रममा ४५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।

CONTINUE READING

प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्याण्ड र नृत्यकलामा पारागन प्रथम

रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल, भक्तपुरकी प्रशंसा कार्की प्रथम र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुरकै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भई विजयी भएको छ ।

CONTINUE READING