निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ
केही दिनअघि एउटी बालिका नेताहरु बसेको मन्च अगाडि छमछमी नाचिरहेको भिडियो ट्विटरमा सबैले हेरे । धेरैले यसमा निर्वाचनमा बालबालिकाको प्रयोग गर्नुहुन्न भन्ने निर्वाचन आयोगले यो उम्मदेवारलाई किन कार्वाही नगरेको ? भनी प्रश्न पनि गरे ।
त्यो कार्यक्रममा आफ्नो नाच देखाउन पाउँदा बालिका दंग परेकी थिइन् ।
उनलाई यसो गर्नु कानुन विपरीत हो भन्ने कुरा कसले भनिदियो होला र ?
त्यस्तै चुनाव चिन्ह भएको नयाँ टिसर्ट लगाउन पाउँदा र पार्टीको चुनाव चिन्ह भएको झन्डा बोकेर दौडन पाउँदा रमाइरहेका बालबालिकाहरु बाटामा देखिन्छन् ।

