दसैंको उपहार

भाइबहिनीहरु, यस पटक आदरणीय लेखक माधव सयपत्रीको बालकथा दसैंको उपहार लिएर आएका छौँ ।
सुरक्षा, सपना, दिपेश र महेश मावलीमा दसैंको टीका थाप्न हिँडे ।

CONTINUE READING

डेंगुबाट कसरी बच्ने ? – डा. केदार कर्माचार्य

डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल सङ्क्रमण हो । लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तस्राव हुन्छ । यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षात्को मौसममा यो रोगले सताउँछ ।

CONTINUE READING

५७ वर्षअघि मनाइएकाे पहिलो बालदिवसको सन्देश

आजभन्दा ५७ वर्षअघि २०२२ साल भदौ ३ गते पहिलो बालदिवस मनाइएको थियो । बालदिवस मनाउन सुरुवात गर्ने काम त्यो समयकी मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहले गर्नु भएको थियो । नेपालमा बालबालिकाको हकहितको संरक्षणका लागि बालमन्दिरको स्थापना भएपछि बालदिवस मनाउन सुरु गरिएको हो ।

CONTINUE READING

गौरी प्रधान एउटा फुलेको फूलभित्र

गौरी प्रधान नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) का प्रणेता, नेपाली बालबालिकाहरूका लागि धेरै काम गरिसकेका र गरिरहेका एक सक्रिय व्यक्तित्व हुन् । नेपाली समाजमा संकटपूर्ण अवस्थामा बाँचिरहेका बालबालिकाहरूका लागि सिविनले पुर्‍याएको सेवा र सामाजिक चेतनाका लागि यसले खेलेको भूमिकामा निश्चय उत्साहप्रद छ ।

CONTINUE READING

५८ औं राष्ट्रिय बाल दिवसको नारा तय

सरकारले ५८ औं राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । वर्षेनी भदौ २९ गते मनाइँदै आएको बाल दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै सो नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो ।

CONTINUE READING

 संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट

बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

CONTINUE READING

नेशनल प्याब्सन भक्तपुरमा बालकथा लेखन प्रतियोगिता सम्पन्न  

/ नेशनल प्याव्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ र ९ गते २ दिन बालकथा लेखनको प्रशिक्षण गरी भाद्र ९ गते बालकथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कुलकी सरिना लामा प्रथम, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ तृतीय र साइनिगं स्कुलका अजित नेपाल सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो ।

CONTINUE READING

पढ्न मजा लाग्ने किताब ‘कदम’

कदम प्रसिद्ध नेपाली लेखक तथा पत्रकार अनन्त वाग्लेद्वारा रचित वि.सं. २०७७ सालमा प्रकाशित पुस्तक हो । यो एक ‘घोस्ट राइटिङ’ हो, जसमा वाग्लेले एक राउटे समाजको सफल व्यक्तित्व कदमको आत्मवृत्तान्तलाई यस कृतिमा उतारेका छन् । यस पुस्तकमा कदमको बाल्यकालका सम्पूर्ण घटनादेखि घुमन्ता सम्मेलनसम्मका घटनालाई समावेश गरिएको छ । वाग्लेको ‘कदम’ पुस्तक र श्याम साहको ’पथेर’ ले संयुक्त रूपमा वि. सं. २०७८ मा पहिचान पुरस्कार प्राप्त गरेका थिए ।

CONTINUE READING

भक्तपुरमा स्रष्टा सम्मान कार्यक्रम

क्वालिटी अंग्रेजी स्कुलमा भक्तपुरमा ‘विद्यालयका बालबालिकासँग लेखक’ भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम हिजाे साेमवार सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल जी.बी. खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्रा कृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ ।
क्वालिटी अंग्रेजी स्कुलको कक्षा ९ र १० मा यस वर्षबाट पढाई हुँदै आएको ‘सम्पदा दर्शन’ कृतिका लेखकलाई प्रत्यक्ष भेटघाट गरी छलफल गर्नपाउँदा विद्यार्थीहरु उत्साहित हुनुभएकाे थियाे ।

CONTINUE READING