अनेसास बालरत्न प्रतिभा पुरस्कार प्रदान गरिने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘बालरत्न’ बालप्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिको संयोजक शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट (न्यूयोर्क), शिवानी कडेल (केन्तुकी), स्तुती खतिवडा (न्यूह्यामसायर), रोजी गौतम (फेयरफ्यक्स, भर्जिनिया) र ऐश्वर्या निरौला (मेरिल्याण्ड) रहेका छन् ।
पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ ।

CONTINUE READING

नेपाली बालसाहित्यमा सुशीला देउजा र ‘महिमा’ बालउपन्यास

सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह र यात्रा संस्मरण, २०६४), दोभान (लघुकथा र कविता संग्रह, २०६६)

CONTINUE READING

नमूना मतदान कार्यक्रममा मतदाता शिक्षाको अभाव देखियाे  

आसन्न स्थानीय तह निर्वाचनलाई सहयोग पुर्‍याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएको छ । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेको थियो । त्यसमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएको छ । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो ।

CONTINUE READING

४७ वर्ष अघि हराएको मूर्ति नेपाल फिर्ता हुने भयाे

भक्तपुरको एक मन्दिरबाट ४७ वर्षअघि हराएको माता पार्वतीको मूर्ति फिर्ता हुने भएको छ । चोरी भएर अमेरिका पुगेको सो मूर्ति अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीको स्थायी सङ्ग्रहमा पुगेको थियो । विश्वविद्यालयले नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको हो । सो मूर्ति नेपाललाई फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।

CONTINUE READING

भर्ना शुल्क नलिन उच्च अदालतको आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थी/अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दा लगायत अन्य शूल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पुनमसिंह चन्दको इजलासले अन्तरिम आदेश नहुँदासम्म भर्ना शुल्क नलिन सुर्खेत उपत्यकाका सबै सामुदायिक विद्यालयका साथै सरोकारवाला निकायका नाममा अल्पकालीन आदेश जारी गरेको हो ।
अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुबै पक्षलाई जेठ १० गते बोलाएको छ ।

CONTINUE READING

भो अब शान्ति फैलाइदेऊ – कार्तिकेय घिमिरे

भो अब शान्ति फैलाइदेऊ
लौ अब अशान्ति हटाइदेऊ
धेरै लड्यौ एक अर्कामा
अब त हात मिलाइदेऊ

बुद्घ तिमी कहाँ छौ भन
हामी सबै तिमीलाई खोजिरहेका छौँ
कलिला छौँ बालक हामी
हातमा बन्दुक बोकिरहेका छौँ

CONTINUE READING

रामकाजी कोनेको बाल्यकाल

आदरणीय लेखक रामकाजी कोनेको रमाइलो बाल्यकाल । उहाँ मुक्तक लेखनमा स्थापित लेखक लेख्नुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्षा अग्रज लेखक काेनेको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोगमा तयार गरिएको हो ।
यस किताबमा समावेश बाल्यकालीन सम्झनाहरु ‘मेरो बाल्यकाल’ को सुमधुर वाचन प्रतिभाशाली युवा सरिता अर्यालले गर्नुभएको हो । उहाँ स्वयं दृष्टिविहीन हुनुहुन्छ ।

CONTINUE READING

अनेसासको प्रथम विश्व बालसाहित्य सम्मेलन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा भर्च्युअल माध्यम जुमबाट आयोजना हुन गइरहेको अनेसास प्रथम विश्व बालसाहित्य सम्मेलन वैशाख १० गते (बिहान र बेलुका) अमेरिकामा अप्रिल २२ र २३ दुई दिन आयोजना हुने भएको छ । यस कार्यक्रमका पहिलो दिनमा जापान र अष्ट्रेलियाका बालबालिकाहरुकाे बालरचनाको साथमा सहभागिता रहने बताइएको छ ।

CONTINUE READING

दुई वर्षपछि भौतिक उपस्थितिमै एसइइ परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ बिहिबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्ष परीक्षा हुन सकेको थिएन । वि.सं २०७६ र २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।

CONTINUE READING

‘बालबालिका शान्तिक्षेत्र अभियान’ को आपत्ति र प्रधानमन्त्रीको अभिव्यक्ति

भाइबहिनीहरु, यसाे भनिँरहँदा नेपालमा बालअिधकार अभियानकाे कर्मले केही काम नै गर्न सकेकाे छैन भन्नु पनि पूर्ण सत्य हुँदैन । उनीहरुले बालबालिकाकाे विषयलाइ प्राथमिकताका साथ लिने चलनकाे विकास गर्न ठुलाे याेगदान गरेका छन् । त्यसप्रति हामीले साधुवाद दिनुपर्छ । तर यहाँ उठान गर्न खाेजिएकाे विशेष र सवालमा उनीहरुकाे उपस्थिति नदेखिएकाे र उनीहरुकाे ध्यान नपुगेकाे कुरा भने पक्कै हाे ।

CONTINUE READING