पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरियाे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाकी ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले बताउनुभयो ।

CONTINUE READING

सुर्खेतमा बर्डफ्लु पुष्टि एक हजार पन्छी नष्ट

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–­­३ तातोपानीस्थित एक टर्की फर्ममा रहेका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पन्छी नष्ट गरिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट सो फर्मका टर्कीमा बर्डफ्लु पुष्टि भएको हो । फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको पशुपन्छी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

CONTINUE READING

उत्कृष्ट दुई खेलाडीलाई ओलम्पिक अवार्ड

नेपाल ओलम्पिक कमिटीले पहिलोपटक उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडीकी गौरिका सिंह रहेका छन् । उनीहरुलाई एनओसी अवार्ड २०२२ बाट सम्मानित गरिएको हो ।
ओलम्पिक दिवसका अवसरमा सो अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।

CONTINUE READING

५ देखि १२ वर्षका बालबालिकालाई कोभिड खोप

सरकारले असार ९ गतेबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।
जस अनुसार प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।

CONTINUE READING

नेपालमा गैँडा, कहाँ कति छन् ?

नेपालमा पछिल्लो पाचँ वर्षमा एकसिङे गैँडाको संख्या १०७ वटा वृद्धि भएको छ । यो वृद्धिसँगै विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । यसअघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल संख्या ६४५ थियो ।
गत २०७७ चैत ९ गतेदेखि २८ गतेसम्म गैँडा गणना गरिएको थियो । गैँडाको राष्ट्रिय गणना सन् २०२१ मा सबभैन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ८९ वटा गैँडा बढेका छन् भने बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकञ्जमा पनि गैँडाको सख्या वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने गैँडाको संख्या घटेको छ ।

CONTINUE READING

हिलारी रोधाम क्लिन्टनः बहुप्रतिभाशाली महिला

हिलारी सन् १९४७ अक्टोबर २६ का दिन संयुक्त राज्य अमेरिकाको सिकागोस्थित एलिनोयको एउटा अस्पतालमा जन्मिएकी हुन् । उनी आमा डोरोथी र बाबु हग ई. रोधामको प्रथम सन्तान हुन् । उनलाई आफ्ना बाबुआमाले एलिनोयको आफ्नो घरमा पालनपोषण गरे ।

CONTINUE READING

SATHI Book Review

Hello everyone, my name is Nayan Ghimire and today I’m going to write a review on the Book ‘Sathi’ Written by Julu and illustrated by Jenny Campbell. Julu is working for animal welfare. This book is about a street dog in Nepal, who got seriously injured and end up going to one of the animal welfare organizations in Kathmandu. There, She is treated of her wounds and then a doped by a loving family.

CONTINUE READING

भारतमा मङ्कीपक्स संक्रमण शून्य

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिए पनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको बताएका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।

CONTINUE READING

छोरीको जन्मदिनमा नयाँ पुस्तक उपहार

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।
बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

CONTINUE READING

बालमन्दिर – कार्तिकेय घिमिरे

जून प्यारो आकाशलाई, आकाश प्यारो जूनलाई,
धन्य भन्छौ हामी सबै, बालमन्दिरको गुणलाई ।
तिम्रो साथ पाए लाग्छ फूल बनी फुल्छौँ,
तिम्रो काख पाए लाग्छ, भाग्यमानी हुन्छौँ ।
सुख दुख जे परे नि शिखरतिरै लम्कौँ

CONTINUE READING