अनेसासको प्रथम विश्व बालसाहित्य सम्मेलन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा भर्च्युअल माध्यम जुमबाट आयोजना हुन गइरहेको अनेसास प्रथम विश्व बालसाहित्य सम्मेलन वैशाख १० गते (बिहान र बेलुका) अमेरिकामा अप्रिल २२ र २३ दुई दिन आयोजना हुने भएको छ । यस कार्यक्रमका पहिलो दिनमा जापान र अष्ट्रेलियाका बालबालिकाहरुकाे बालरचनाको साथमा सहभागिता रहने बताइएको छ ।

CONTINUE READING

दुई वर्षपछि भौतिक उपस्थितिमै एसइइ परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ बिहिबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्ष परीक्षा हुन सकेको थिएन । वि.सं २०७६ र २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।

CONTINUE READING

‘बालबालिका शान्तिक्षेत्र अभियान’ को आपत्ति र प्रधानमन्त्रीको अभिव्यक्ति

भाइबहिनीहरु, यसाे भनिँरहँदा नेपालमा बालअिधकार अभियानकाे कर्मले केही काम नै गर्न सकेकाे छैन भन्नु पनि पूर्ण सत्य हुँदैन । उनीहरुले बालबालिकाकाे विषयलाइ प्राथमिकताका साथ लिने चलनकाे विकास गर्न ठुलाे याेगदान गरेका छन् । त्यसप्रति हामीले साधुवाद दिनुपर्छ । तर यहाँ उठान गर्न खाेजिएकाे विशेष र सवालमा उनीहरुकाे उपस्थिति नदेखिएकाे र उनीहरुकाे ध्यान नपुगेकाे कुरा भने पक्कै हाे ।

CONTINUE READING

अब त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घन्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सैं घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

CONTINUE READING

‘भ्यागुताको योग’ रमाइला बालकथाको किताब

नेपाली कविता र बालसाहित्य सृजनामा विशेष अभिरुचि राख्नुहुने स्रष्टा कविता पराजुलीको नवीनतम कोसेलीका रूपमा ‘भ्यागुताको योग’ शीर्षकको बालथा सङ्ग्रह प्रकाशनमा आएकोमा मलाई अत्यन्त हर्षको अनुभूति भएको छ । बालबालिकाले सुन्दर उपहार प्राप्त गरेर रमाउने अवसर पाउने भए भनेर पनि म विशेष खुसी भएको छु । म यस रमाइलो कथासङ्ग्रहको हार्दिक स्वागत गर्दछु ।

CONTINUE READING

बेलायतका प्रधानमन्त्रीलाई जरिवाना  

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।  घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।  प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।

CONTINUE READING

जुनियर मेगा माइन्ड बजारमा आयो

नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष जुनियर मेगा माइन्ड बजारमा ल्याएको छ । प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका ती सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेशनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिनुभयो ।

CONTINUE READING

हाम्राे आव्हान : नयाँवर्षमा बालसाहित्यका पुस्तक दान गरौँ

हामीसँग १ हजार बालबालिका सम्पर्कमा छन्, जो बालसाहित्यको पुस्तक पढ्न चाहन्छन् तर किनेर पढ्न सक्दैनन् । आउनुहोस्, यो नयाँ वर्षमा ती बालबालिकालाई पुस्तक दान गरौँ ।हामीसँग नेपाली बालसाहित्यका १ सय भन्दा बढी किताबहरु उपलब्ध छन् । दाता आफैँले भेटेर ती बालबालिकालाई आफ्नो जन्मदिन, आफन्तको जन्मदिन, पितृको सम्झना श्राद्धका दिनमा वा अन्य कुनै विवाह वा अन्य अवसरमा पुस्तक उपहार दिनुहोस् ।

CONTINUE READING

‘कोपिला किताब’ को उत्कृष्ट बालसाहित्य

अचम्मको सपना कोपिला किताब प्रकाशन संस्थाबाट प्रकाशित बालचित्रकथा कृति हो । सुन्दर कथा र उत्कृष्ट चित्रांकनमा सजिएको यो कृतिका लेखक ध्रुब श्रेष्ठ र चित्रकार पल्पसा मानन्धर हुनुहुन्छ । स्तरीय छपाइमा प्रकाशित यो किताब सबै बालबालिकालाई पढ्न मजा आउने किताब हो । यस किताबमा लेखक ध्रुब श्रेष्ठको उत्कृष्ट कथामा चित्रकार पल्पसा मानन्धरले उत्कृष्ट चित्रकला तयार गर्नुभएको छ ।

CONTINUE READING