अनुभूतिमा कोभिड १९ कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिका सहभागी

प्रयास नेपालसँगको सहकार्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित ‘अनुभूतिमा कोभिड १९’ कथा/ चित्रकला लेखन कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिकाहरु सहभागी हुनुभएको छ ।
विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित यस कार्यक्रममा सिन्धुपाल्चोक, रामेछाप, धादिङ, ओखलढुङगा र काठमाडौँ गरी ६ जिल्लाका बालबालिकाहरुलाई सर्जक कार्तिकेय घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

CONTINUE READING

राक्षसको कथासँग जोडिएको छ घोडेजात्रा पर्व मनाउनुको रहस्य

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज धुमधामसँग मनाइयो । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत विविध कलाको प्रदर्शन गरेको थियो । किम्बदन्तीअनुसार घोडेजात्रा मनाउनुको रहस्य राक्षसको कथासँग जोडिएको छ ।
टुँडिखेलको पूर्व दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । त्यो राक्षसलाई उपत्यकावासीले जुक्ति लगाएर संहार गरे ।

CONTINUE READING

के आमाको माया सन्तानको शारीरिक अवस्था अनुसार भिन्न हुनसक्छ ?

साधारणतया प्रत्येक मानिसको जन्म एक सुखद सुरुवात हो। कुनै पनि परिवारमा कसैको जन्मले सदस्यको सङ्ख्या मात्र बढाउँदैन परिवारमा उत्सव एवं खुसियाली पनि सँगै लिएर आउँछ। तर जन्मजात परिवारका निम्ति खुसि लिएर आउन पाउने सुअवसर सबैलाई नमिल्दो रहेछ। म जस्ता कोही त समाजले छुट्याएको अभागि र अलछिनाको  वर्गमा पनि पर्दा रहेछन् । जसको जन्मले परिवारमा हाँसोको सट्टा आँसु साथमा लिएर आएको हुन्छ।

CONTINUE READING

झोलाभित्र के होला ! – माधव सयपत्री (अडियाे किताब)

भाइबहिनीहरु,
आज म आदरणीय लेखक माधव सयपत्रीको कथा लिएर आएकी छु । यो सन् २०२२ को अडियो किताबमा बालसाहित्य अन्तर्गत रेकर्ड भएको पहिलो बालकथा हो ।
कथाको शीर्षक : झोलाभित्र के होला !
लेखक : माधव सयपत्री

CONTINUE READING

सेतो छडी – माधव सयपत्री

सडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।

CONTINUE READING

भारत मध्य र पश्चिम क्षेत्रमा व्यापक गर्मी बढ्याे

भारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार दिन तातो हावा लुका कारण जनजीवन प्रभावित बन्ने छ । आगामी दिनमा राष्ट्रिय राजधानी नयाँ दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने जनाइएको छ । सो क्षेत्रमा लूका कारण जनजीवन प्रभावित भएको र धेरै मानिसहरू गर्मीका कारण दिउसोको समय घर बाहिर निस्कन कठिन भइरहेको छ ।

CONTINUE READING

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू देश छाेडेर भागे

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार  ४० लाख १९ हजार भन्दा बढी युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएको तथ्यांक छ ।

CONTINUE READING

बाजुराकाे जिल्ला अस्पतालमा औषधिमा दश प्रतिशत छुट

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले चैत १७ गतेदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको हो । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

CONTINUE READING

मुस्ताङमा पर्यटक बढे

हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेको जोमसोम विमानस्थलले जनाएको छ ।

CONTINUE READING

स्थानीय चुनावमा कसलाई भोट दिने होला ?

यस पटक स्थानीय चुनावमा कसलाई भोट दिने होला ?
आज सिर्जनात्मक लेखनको कक्षामा कक्षा ७ का १५ वर्षका किशोरले यो प्रश्न सोधे । म एकछिन चुप लागेँ । फेरि सोचेँ, आज मैले यो कक्षा काेठाका बालबालिका र किशोरकिशोरीको मन्चबाट देशभरिका बालबालिका र किशोरकिशोरीहरुलाई केही कुरा भन्नै पर्छ । त्यसपछि मैले केही कुरा भनेँ । त्यही टिपोट यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु :

CONTINUE READING