दक्षिण कोरियामा ५-११ बर्षका बालबालिकालाई पनि कोरोना खोप

दक्षिण कोरियामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।

CONTINUE READING

भियतनामद्वारा २० देशमा हवाई उडान खुल्ला गरियाे

भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोना भाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा महामारी कम भएपछि पुनः संचालन गर्न लागिएको अधिकारीहरूले जनाएका हुन् । उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिका लगायतका रहेका छन् । भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि उडान खुल्ला नगरिएको जानकारी दिनुभयो ।

CONTINUE READING

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउने

बेलायतको राजधानी लण्डनमा रहेको हिलिङ्डन अस्पतालले आगामी फेब्रुअरी २५ मा दिन ‘नेपाल डे’ मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेल मार्फत् सो अस्पतालमा कार्यरत कर्मचारीलाई जानकारी गराएका हुन् । सो अस्पतालमा हाल ७८ देशका नागरिक विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ ।

CONTINUE READING

चर्चित लोकगायक जयनन्द लामा बित्नुभयो

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामा बित्नुभएको छ । उहाँको आज बिहान आफ्नै घरअगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो ।
लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।

CONTINUE READING

 हाम्रो नेपाली सेना : निकुञ्ज सुरक्षादेखि हिमाल सफाईसम्म

भाइबहिनीहरु, नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमण सहित विभिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी १ सय १४ जना सैनिक जवानको मृत्यु भएको जानकारी दिइएकाे छ ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट सेनाले जनशक्ति गुमाउनु परेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ ।

CONTINUE READING

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  झापाका ८८ विद्यालय छनाेट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल  १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

CONTINUE READING

भ्यागुताको प्रजातन्त्र

जहाँ सत्य, न्याय र शान्ति हुन्छ, त्यहाँ नै असली प्रजातन्त्र हुन्छ ।

भाइबहिनीहरु, याे रमाइलाे बालकथा सुनेर प्रजातन्त्रबारे थप केही विचारहरु जान्नुहाेस् न है । याे कथा प्रजातन्त्रबारे छलफल गर्न र विचार निर्माण गर्न रचना गरिएकाे हाे । यस कथाले यहाँहरुलाइ प्रजातन्त्रबारे थप जानकारी लिन उत्सुक बनाउनेछ भन्ने विश्वास लिएका छाैँ ।

CONTINUE READING

चीनमा स्थानीय स्तरमै ४० जना कोभिड संक्रमित

चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार चीनका ग्वाङदोन, जान्सु, युनान लगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । चीनिया नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

CONTINUE READING

आज प्रजातन्त्र दिवसकाे कुरा गराैँ

२००७ साल फागुन ७ गते एकतन्त्रीय राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले लामो समयदेखि गरेको संघर्ष र सहिदको बलिदानले सफलता पाएको दिन भएकाले पनि फागुन ७ गतेको विशेष महत्व रहेको छ । वि सं १९९७ सालमा चार शहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा आवाज मुखरित गरेकै कारण मृत्युदण्ड दिइएको थियो ।
राणा विरोधी आन्दोलनलाई सक्रियापूर्वक अघि बढाउन देशभित्र र बाहिर राजनीतिक पार्टीहरु संगठित हुन थाले । यसैबिच, तत्कालीन राष्ट्रिय काँग्रेस र प्रजापरिषद्को नेतृत्वमा देशव्यापी आन्दोलन सुरु भयो ।

CONTINUE READING

बेलायतको उत्तरी आइयरल्याण्डमा ‘युनिस’ आँधी आउने चेतावनी

बेलायतको उत्तरी आयरल्याण्डमा स्थानीय समय अनुसार शुक्रबार युनिस नामक आँधी आइपुग्ने भन्दै चेतावनी दिइएको छ । मौसमविद्हरुले हिमपात, बरफ र तीब्र गतिको हावाहुरी एक साथ आउन सक्ने भएकाले सुरक्षित स्थानमा रहन नागरिकहरुलाई चेतावनी दिएका हुन् । आयरल्याण्डका धेरैजसो काउन्टीहरुमा स्कुल तथा कलेजहरु बन्द गरिएका छन् । आयरल्याण्डका कोर्क, केरी, वाटरफोर्ड र क्येयर शहर आँधीको बढी खतरामा रहेको भन्दै सो क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ ।

CONTINUE READING