निजी सवारी साधनमा जोरबिजोरकाे नियम हट्यो

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणालीकाे नियम आजदेखि हटेको छ ।  कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेकव हो । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।
नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।

CONTINUE READING

केही स्थानमा वर्षाको सम्भावना छ

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ । सो मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ ।

CONTINUE READING

महोत्तरीमा विद्यार्थीलाई मोर्डना खोप लगाउन सुरु गरियाे

कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि महोत्तरीका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ ।

CONTINUE READING

पनाैतीकाे इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २ सय १० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

CONTINUE READING

 फागुन १ गतेदेखि विद्यालय खुल्ने भयाे

आगामी फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा संचालन गर्ने गरी शैक्षिक संस्था विद्यालय खुल्ला गरिने भएको छ । काठमाडौं  उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने जनाएको हो । १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिकालाई भने बार अनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्बललगायत रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

CONTINUE READING

कर्णालीमा कुष्ठरोगीका विरामी घट्दै

कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताउनुभयो । “कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ”, उहाँले भन्नुभयो, “समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।”

CONTINUE READING

विश्वभरि नै कोरोना भाइरसको संक्रमण दर घटिरहेकाे छ

विश्वभरि नै कोरोना भाइरसको संक्रमण दर घटेको छ । उच्च संक्रमण दर रहेका अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन र भारतमा पनि उल्लेख्य रुपमा संक्रमण घटेको छ । दुई साता अघि सम्म ७ लाखसम्म पुगेको अमेरिकाको कोरोना संक्रमण दर घटेर अहिले ९१ हजारमा झरेको छ । केही दिन अघिसम्म तीन लाख नजिक पुगेको भारतको संक्रमण दर पनि १ लाखमा झरेको छ ।
फ्रान्समा पछिल्लो २४ घन्टामा २ लाख १५ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । केही दिन अघिको तुलनामा फ्रान्समा पनि संक्रमण घटेको हो ।

CONTINUE READING

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो । तर उद्दारको दुःखद अन्त्य भएको छ । बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा खुसीले चिच्याएको ठूलो भीड जब बालकको मृत्यु भइसकेको खबर बाहिरियो शोकमा बदलिएको थियो । बालकलाई उद्दारकर्ताहरुले शनिबार साँझ इनारबाट निकालेका थिए ।
बालकलाई इनारबाट निकाल्नु अघि घटना स्थलमा ठुलो भीड जम्मा भएको थियो ।

CONTINUE READING

सरस्वती पूजाकाे अवसरमा झमक दिदीकाे विचार

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
भाइबहिनहरु, सरस्वती पूजाका अवसरमा धेरैधेरै शुभकामना छ । सरस्वती पूजा गर्ने क्रममा यो श्लोक हामीले भन्दै आएका छौँ । यसको अर्थ सरस्वती माता चन्द्रमाको समान उज्यालो हुनुहुन्छ, सेतो लुगा लगाएर हातमा वीणा र मालासहित सजिनुभएको छ, सेतो कमलको फूलमाथि बस्नुभएकी ती देवी जसको व्रम्हा, विष्णु, शिव आदि सबैसबैले आदरसाथ आराधना गर्नुहुन्छ । हामी सबैकी आमा सरस्वती हाम्रा अज्ञानताहरूलाई नाश गर्दै हामीलाई विद्या दिनुहोस् भन्ने हाे ।

CONTINUE READING

उत्तर कोरियाकाे आणविक परीक्षणका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका विषयमा छलफल गरिएको छ । गत आइतबार उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरेको हो । सुरक्षा परिषद्का केही सदस्यहरुले उत्तर कोरिया माथि लगातार क्षेप्यास्त्र परीक्षण गरेकोभन्दै कारवाही गर्नुपर्ने माग गरेका छन् । पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्र अमेरिकाको सीमा सम्ममा निसाना लगाउन सक्ने क्षमताको रहेको बताइएको छ ।

CONTINUE READING