धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

सरकारले प्राथमिकताका साथ कोभिड-१९ विरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।

CONTINUE READING

सहिद सप्ताह औपचारिकतामा मात्रै

कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिक रूपमा मात्र मनाइएको छ । महामारीको प्रभावले यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ सहिद दिवस मनाइने छैन ।

CONTINUE READING

पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरियो

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २ सय २१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो । व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

CONTINUE READING

टर्कीमा हिमपात

टर्कीको राजधानी इस्तानबुलमा मंगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । देशको सबैभन्दा ठूलो सहर समेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधन सञ्चालन रोक लगाएको हो । मंगलबार विहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गर्नुभएको छ ।

CONTINUE READING

समवेदनामा दिइने ‘भेटी’ व्यवस्थापन गर्न समस्या

आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो ।

CONTINUE READING

बेलायतमा सबै प्रतिवन्ध फेब्रुअरी ११ देखि हटाइने

बेलायतमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सबै प्रतिवन्धात्मक व्यवस्था आगामी महिनादेखि हटाइने भएको छ ।  फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारत लगायतका देशबाट बेलायत प्रवेश गर्न पनि खुल्ला हुनेछ । तर ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।

CONTINUE READING

ग्रीसको राजधानी एथेन्समा भारी हिमपात

ग्रीसको राजधानी एथेन्समा भारी हिमपात सहितको हिमआँधी आएपछि सडकमा रहेका कयौं सवारी साधनमा रहेकाहरुको उद्दार गरिएको छ । मध्यराति आएको व्यापक हिमआँधीका कारण सवारी साधन चल्न नसक्ने अवस्था आएको हो ।
कठ्याग्रिदो मौसम भएकाले विद्युत सेवा छिटो सुचारु गर्न प्राविधिकहरु खटिएका छन् । एल्पिडा नाम दिइएको आँधी आजसम्म पनि कायम रहने अधिकारीहरुले बताएका छन् । एथेन्सको तापक्रम मध्य राति माइनस १४ डिग्री सम्म झरेको थियो ।

CONTINUE READING

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो ।

CONTINUE READING

अमेरिकामा फाइजर खोप परीक्षण सुरु

पछिल्लो समय विश्वभरी नै संक्रमण फैलाइरहेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टका लागि खोप निर्माता फाइजर एण्ड बायोएनटेकले ओमिक्रोन विशेष खोप परीक्षण सुरु गरेको छ । फाइजरले १८ देखि ५५ वर्ष उमेर समूहका वयस्कमा रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षणका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो ।
ओमिक्रोन खोप परीक्षण सम्बन्धमा फाइजरले पत्रकार सम्मेलनमा आगामी मार्च सम्ममा नतिजा निकाल्ने गरी काम गर्ने जनाएको हो ।

CONTINUE READING

साहित्यकार झमक घिमिरेको जीवनी

पारिजातपछि मदन पुरस्कार पाउने महिला लेखक हुन्, झमक घिमिरे । उनले २०६८ सालमा ‘जीवन काँडा कि फूल’ पुस्तकका लागि यो पुरस्कार पाएकी हुन् । उनी खुट्टाका औँलाका साहाराले लेख्छिन् । उनी बाल्यकालदेखि नै प्रतिमष्तिस्क रोगबाट पीडित छिन् ।

CONTINUE READING