सार्वजनिक यातायातमा जोरविजोरको नियम हट्यो
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा जोर-बिजोर प्रणालीलाई हटाइएको छ । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । अर्को आदेश नआए सम्मको लागि सार्वजनिक यातायातमा यसअघि लगाइएको जोरबिजोर प्रणाली हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
CONTINUE READING
