जलपन्छी गन्ने काम सुरु भयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा शनिबारदेखि जलपन्छी गन्ने काम सुरु गरिएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपन्छी गन्ने काम सुरु गरिएको हो । गन्ने काम अगामी माघ २ गतेसम्म जारी रहने छ ।

CONTINUE READING

हुम्लाका ९० प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाए

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

CONTINUE READING

धेरै हिउँ परेपछि विद्यालयको परीक्षा रोकियो

रुकुमपूर्वको सिस्ने गाउँपालिका– १ मा धेरै हिउँ परेपछि परीक्षा रोकिएको छ । सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिउँका कारण परीक्षा प्रभावित बन्न पुगेको हो ।

CONTINUE READING

राष्ट्रिय सभा निर्वाचन प्रकृया शुरु

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने १ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् ।
निर्वाचन कार्यक्रम अनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

CONTINUE READING

कोभिड बीच नयाँ वर्ष २०२२

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु भएको छ । नयाँ वर्षमा महामारी अन्त्य हुने र ढुक्क भएर नयाँ वर्षको रमाइलो गर्ने विश्वभरको चाहना यस वर्ष पनि पूरा हुन सकेन ।

CONTINUE READING

अमेरिकाको कोलोराडो राज्यमा फैलिएको वन डढेलोका कारण १ हजार घरहरु नष्ट

अमेरिकाको कोलोराडो राज्यमा फैलिएको वन डढेलोका कारण १ हजार घरहरु नष्ट भएका छन् । तीब्र गतिको हावाहुरीका कारण डढेलो फैलिएपछि प्रभावित क्षेत्रबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

CONTINUE READING

फ्रान्समा छ लाखभन्दा बढी पन्छी मारियो

फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पन्छीहरू मारिएको छ । बर्ड फ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँस लगायतका पन्छीहरू मार्न लगाएको हो ।

CONTINUE READING

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो ।

CONTINUE READING

मुक्त कम्लरीको पढाइलाई १५ लाख विनियोजन

दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो । अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताउनुभयो । यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा […]

CONTINUE READING

अण्डा किन खानुपर्छ ?

सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनी धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् ।

CONTINUE READING