आज टोपी दिवस

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

भारतमा ९० प्रतिशतमा कोभिड खोप

भारतमा कुल वयस्क जनसंख्या मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एक डोज खोप दिइएको हो ।
भारतमा पछिल्लो सातादेखि औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा भने यो संख्या झण्डै दोब्बरले बढेर एकै दिनमा संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ । थपिएका सङ्क्रमितमध्ये करिब १ हजार जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

CONTINUE READING

अफगानिस्ताद्धारा ओमिक्रोन परीक्षण किट माग

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्न अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको हो ।

CONTINUE READING

बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित

मौसममा आएको खराबीका कारण आज विहानै देखि दिउसो १२ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरमा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहानै देखि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुन सकेको छैन ।

CONTINUE READING

अमेरिकाको कोलोराडो राज्यको वनमा डढेलो

अमेरिकाको कोलोराडो राज्यको वनमा लागेको डढेलो तीब्र हावाहुरीका कारण तेज गतिमा फैलिएपछि उत्तरी कोलोराडो शहर खाली गरिएको छ । हावाको गतिसँगै डेडेलो फैलिएपछि सम्भावित मानवीय क्षति हुनबाट रोक्न हिजो कोलोराडो शहर खाली गरिएको हो । सो शहरमा बसोबास गरिरहेका झण्डै १३ हजार नागरिकलाई अन्यत्रै सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

CONTINUE READING

टोपी दिवस मनाइँदै

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

रुकुमका ६ हजार बालबालिकालाई खोप

रुकुम पूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

CONTINUE READING

विश्वमै कोभिड संक्रमणको आँधी आउने संकेत : डब्लुएचओ

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टले संयुक्त रुपमा संक्रमणको आँधी नै ल्याउँने संकेत गरेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम ग्याब्रिएससले बताउनु भएको छ ।
अमेरिका र युरोपेली देशहरुमा बढ्दो संक्रमणको तथ्यांकलाई हेरेर डब्लुएचओ प्रमुखको सो भनाई आएको हो । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ४ लाख ३८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

CONTINUE READING

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ । भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिन बाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

CONTINUE READING

बाजुरामा हिमपात, शिक्षण संस्था बन्द

हिमपातसँगै जिल्लामा जाडो बढेको हो । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ ।

CONTINUE READING