नेदरल्यान्डका बालसाहित्यकारहरूको स्वागतमा भेटघाट

कथालय इन्क र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेदरल्याण्डका ३ लेखक तथा चित्रांकनकर्ताहरु र नेपाली लेखक तथा चित्रांकनकर्ताहरु बीच गत मंसिर ३ गते मंगलबार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

CONTINUE READING

बालसाहित्य लेखक प्रभा भट्टराई आचार्य

प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।

CONTINUE READING

३३३ थान ब्रेल पुस्तकहरु निःशुल्क वितरण

बालसाहित्य प्रतिष्ठान नेपालले कार्तिक २७ गते बुधबार दृष्टिविहिन युवा संगठन नेपालमार्फत् दृष्टिविहिन बालबालिकाहरुका लागि विभिन्न लेखकहरुका ९ कृतिहरुको ३३३ थान ब्रेल पुस्तकहरु विभिन्न जिल्लाका दृष्टिविहीन बालबालिकाहरुलाई निःशुल्क वितरण गर्ने गरी सहयोग प्रदान गरेको छ ।

CONTINUE READING

ब्रेल लिपिमा नेपाली बालसाहित्य

आँखा नदेख्ने दृश्यविहीन बालबालिकाहरुले ब्रेललिपिमा पुस्तक पढ्न सक्छन् । उनीहरुका लागि ब्रेललिपिमा पाठ्यपुस्तकहरु तयार गरिएका छन् ।

CONTINUE READING

कविता र म

लेख्न खोज्दा शब्द छुटे कलम म बोकिरहेँ
एउटा काटी अर्को लेख्दै परिश्रम गरिरहेँ
छन्द गद्य बुझ्दिन म, गल्ती भए माफ गर
पङ्क्ति एक लेख्न निम्ति घन्टौँसम्म साेची रहेँ

CONTINUE READING

किताब

विद्यार्थीको झोलाबाट लुकीलुकी हेर्छ
नयाँ नयाँ कुरा सिकाई आश्चर्यले घेर्छ
अनेक प्रश्न, जिज्ञासाको दिन्छ यो जवाफ
सधैँ मद्दत गर्ने साथी, नाम हो किताब

CONTINUE READING