BRAILLE BOOKS PUBLISHED BY CLFN

श्री मनोरमा जफा (हाँस्ने सुगा र अरु बालकथा), श्री जलेश्वरी श्रेष्ठ (पिंकी र पुतलीहरु र अरु बालकथा), र श्री कार्तिकेय लिखित ३ ब्रेलबुकहरु १. म चोर होइन र अरु बालकथा २. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा, र ३. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा रहेका छन् ।

CONTINUE READING

भारतीय बालसाहित्य लेखक मनोरमा जफा लिखित बालचित्रकथाहरु नेपाली भाषामा प्रकाशित

वरिष्ठ भारतीय बालसाहित्य लेखक एवम् बालसाहित्य विशेषज्ञ मनोरमा जफा लिखित बालचित्रकथाहरु नेपाली भाषामा प्रकाशित भएको छ । प्रकाशित कृतिहरु हाँस्ने सुगा, सुरि हजुरआमा, सुरि गुरुआमा, हप्पी र जम्पी, चिनु, मिनु, गोगो र जादूको सिसाकलम र एबीसी अल्फाबेट राइम्स बुक गरी ७ थरी रहेका छन् ।

CONTINUE READING

हान्स क्रिस्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस मनाइयो

विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस बालपुस्तकको महत्वबारे छलफल, बालपुस्तक वितरण र कथावाचन तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरी मनाइयो । बालसाहित्य प्रतिष्ठानद्घारा आयोजित कार्यक्रममा काठमाडौंको सिफलचौरस्थित बालमन्दिर, बालग्रहमा आश्रित ९३ जना बालबालिकाहरुलाई प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले पुस्तकको महत्वबारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुलाई ‘जादुको कथा’ पुस्तक उपहार प्रदान गरिएको थियो ।

CONTINUE READING

हार्दिक समवेदना

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं ।

CONTINUE READING

सफलता शिक्षा सदनमा बालसाहित्यको रमाइलो

सफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रम सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका थिए ।

CONTINUE READING

बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला

कविवर द्वारिका श्रेष्ठका पूजनीय मातापिता बुद्धि–रेशमको स्मृतिमा जलरिका साहित्य प्रतिष्ठान र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला गत असार ९ र १० गते सम्पन्न भयो । तालिममा विभिन्न विद्यालयका २२ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।

CONTINUE READING

समानता

“ओइ खाजा दे त । दे भनेको सुन्दैनस् ? कति खानुपरेको गरिबको छोराले ? ” विद्यालयको चौरमा, खाजा खाइरहेको रामुलाई हरिले आज पनि हकार्यो राजु डरायो । उसले चुपचाप त्यो खाजाको बट्टालाई हरिको हातमा राखिदियो र घोसेमुन्टो लगायो ।
राजुको बुबा हरिको बुबाको अफिसमा भाँडा माझ्ने काम गर्थे । सफा सुघर गर्ने काम गर्थे । दुःख गरेरै भए पनि उनले राजुलाइ राम्रो शिक्षा प्रदान गर्न र राम्रो विद्यालयमा पढाएका थिए ।

CONTINUE READING

विद्यालयका बालबालिकासँग लेखक सुशीला देउजा

विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमको वैशाख २०७४ को दोस्रो कार्यक्रम क्यामेलिया क्रियटिभ क्लब र सिएलएफएन बालसाहित्य छलफल क्लब र केटाकेटी अनलाइन पत्रिकाको सहकार्यमा सम्पन्न भयो ।

CONTINUE READING