बालबालिकासँग कसरी कुराकानी गर्ने ?

अभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषा बाट अन्तरक्रिया गर्नुपर्छ, जसले गर्दा उनीहरूले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् । बालबालिकाले प्रारम्भिक उमेरमा धेरै भाषा सिक्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ, तर यसमध्ये गर्भावस्था देखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोश्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्नुपर्छ ।

CONTINUE READING

रामकाजी कोनेको बाल्यकाल

आदरणीय लेखक रामकाजी कोनेको रमाइलो बाल्यकाल । उहाँ मुक्तक लेखनमा स्थापित लेखक लेख्नुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्षा अग्रज लेखक काेनेको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोगमा तयार गरिएको हो ।
यस किताबमा समावेश बाल्यकालीन सम्झनाहरु ‘मेरो बाल्यकाल’ को सुमधुर वाचन प्रतिभाशाली युवा सरिता अर्यालले गर्नुभएको हो । उहाँ स्वयं दृष्टिविहीन हुनुहुन्छ ।

CONTINUE READING

‘सम्पदा दर्शन’ का लेखकको बाल्यकाल

भाइबहिनीहरु, आज हामीले आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको रमाइलो अनुभव लिएर आएका छौँ ।
नियात्रा लेखनमा स्थापित लेखक देउजाका १३ वटा कृति प्रकाशित छन् । उहाँको पछिल्लो कृति सम्पदा दर्शन (बालनियात्रा संग्रह) हो । यस कृति पढेर नेपालको गौरव सम्पदाबारे ज्ञान आर्जन गर्न सकिने र किताब पढ्दै नेपालका सम्पदा क्षेत्रहरु घुमेको झैँ रोचक आनन्द पनि लिन पाइने भएकाले सम्पदा दर्शन कृति सबै बालबालिकाले एकपटक पढ्नै पर्ने कृति हो ।
आज यही उत्कृष्ट कृति सम्पदा दर्शनका आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको सम्झना लिएर आएका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :

CONTINUE READING

प्रतिभा प्रस्तुतिका झलकहरु

छलफल कार्यक्रमको अन्त्यमा बालबालिकाहरु गायन, कविता वाचन लगायत क्षमता प्रस्तुत गरी प्रतिभा प्रस्तुति कार्यक्रममा सहभागी हुनुभएको थियो । कर्ण सिंह खड्काको आमा कविताको प्रस्तुति र छात्रा मायाको जिन्दगी कविता प्रस्तुति र गायन कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा रहेको थियो ।

CONTINUE READING

के आमाको माया सन्तानको शारीरिक अवस्था अनुसार भिन्न हुनसक्छ ?

साधारणतया प्रत्येक मानिसको जन्म एक सुखद सुरुवात हो। कुनै पनि परिवारमा कसैको जन्मले सदस्यको सङ्ख्या मात्र बढाउँदैन परिवारमा उत्सव एवं खुसियाली पनि सँगै लिएर आउँछ। तर जन्मजात परिवारका निम्ति खुसि लिएर आउन पाउने सुअवसर सबैलाई नमिल्दो रहेछ। म जस्ता कोही त समाजले छुट्याएको अभागि र अलछिनाको  वर्गमा पनि पर्दा रहेछन् । जसको जन्मले परिवारमा हाँसोको सट्टा आँसु साथमा लिएर आएको हुन्छ।

CONTINUE READING

झोलाभित्र के होला ! – माधव सयपत्री (अडियाे किताब)

भाइबहिनीहरु,
आज म आदरणीय लेखक माधव सयपत्रीको कथा लिएर आएकी छु । यो सन् २०२२ को अडियो किताबमा बालसाहित्य अन्तर्गत रेकर्ड भएको पहिलो बालकथा हो ।
कथाको शीर्षक : झोलाभित्र के होला !
लेखक : माधव सयपत्री

CONTINUE READING

सेतो छडी – माधव सयपत्री

सडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।

CONTINUE READING

सृष्टि हेर्न मानिसलाई दृष्टि चाहिने भए

आदरणीय लेखक उन्नती बोहरा शिलाद्वारा लिखित यो गीत उहाँले आँखा नदेख्ने दृष्टिविहीन बालबालिकालाई समर्पण गरी रचना गर्नुभएको हो । यस गीतमा सुमधुर स्वर दिनुहुने प्रतिभाशाली युवा गायिका सरिता अर्याल र वरिष्ठ संगीतकार रमेश सुवेदी दुवै जना दृष्टिविहीन कलाकार हुनुहुन्छ । बालसाहित्य प्रतिष्ठान नेपालले तयार गरेको ‘मेरो आवाज’ नामक गीति अल्बममा यो गीत समावेश रहेको छ ।

CONTINUE READING

पियानो बजाउँदै ६ वर्षकी बालिका सिरिन देउजा

सिरिन देउजा छ वर्षकी बालिका हुन् । उनी पियानाे बजाउन सिकिरहेकी छिन् । गुरुले सिकाउनु भएकाे कुरा ध्यान दिएर सुन्ने र अभ्यास गर्ने बानीले गर्दा सिरिनले बिस्तारै पियानाे राम्ररी बजाउन सिक्दैछिन् । उनकाे मिहिनेत देखेर उनकाे गुरु पनि खुसी हुनुभएकाे छ ।
सिरिन भन्छिन्, ‘मलाई पियानो बजाउँदा खुब मजा लाग्छ । त्यसैले म हरेक दिन स्कुलबाट घर आएपछि पियानो बजाउँछु । मैले बजाएको संगीत सुनेर ममी, डेडी, हजुरआमा, हजुरबुवा र मेरी सानी बहिनी दंग पर्नुहुन्छ । मलाई पनि खुसी लाग्छ ।’

CONTINUE READING

वास्तविक जीवन र अनलाइन जीवन

प्रविधिका केही आविष्कारहरूले विश्वमा सकारात्मक परिवर्तन ल्याएको भए तापनि प्रविधिको अतिरिक्तप्रयोगको कारण हुने नकारात्मक प्रभावका प्रमाणहरू पनि छन्।सूचना आदानप्रदान र प्रमुख समस्याहरू समाधान गर्न सहयोग गर्नमा प्रविधिले महत्त्वपूर्ण प्रगति गरेको छ। दुर्भाग्यवश, यसले तनाव, एक्लोपन, शारीरिक रोगहरू, र निद्राको कमी पनि निम्त्याउन सक्छ।

CONTINUE READING