SATHI Book Review

Hello everyone, my name is Nayan Ghimire and today I’m going to write a review on the Book ‘Sathi’ Written by Julu and illustrated by Jenny Campbell. Julu is working for animal welfare. This book is about a street dog in Nepal, who got seriously injured and end up going to one of the animal welfare organizations in Kathmandu. There, She is treated of her wounds and then a doped by a loving family.

CONTINUE READING

प्रतिभा प्रस्तुतिका झलकहरु

छलफल कार्यक्रमको अन्त्यमा बालबालिकाहरु गायन, कविता वाचन लगायत क्षमता प्रस्तुत गरी प्रतिभा प्रस्तुति कार्यक्रममा सहभागी हुनुभएको थियो । कर्ण सिंह खड्काको आमा कविताको प्रस्तुति र छात्रा मायाको जिन्दगी कविता प्रस्तुति र गायन कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा रहेको थियो ।

CONTINUE READING

नेपालको आफ्नै रेलमा सरर

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट चैत १९ गते शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान साडे ८ बजे हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै सवा १० बजे आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फका डिब्बामा यात्रु भरिभराउ भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।

CONTINUE READING

स्थानीय चुनावमा कसलाई भोट दिने होला ?

यस पटक स्थानीय चुनावमा कसलाई भोट दिने होला ?
आज सिर्जनात्मक लेखनको कक्षामा कक्षा ७ का १५ वर्षका किशोरले यो प्रश्न सोधे । म एकछिन चुप लागेँ । फेरि सोचेँ, आज मैले यो कक्षा काेठाका बालबालिका र किशोरकिशोरीको मन्चबाट देशभरिका बालबालिका र किशोरकिशोरीहरुलाई केही कुरा भन्नै पर्छ । त्यसपछि मैले केही कुरा भनेँ । त्यही टिपोट यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु :

CONTINUE READING

दुर्लभ पन्छी चिरकालिज सङ्कटमा

दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म पर्वतका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैध रूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।

CONTINUE READING

हामीले बाटो भुल्याैँ

मलाई नयाँ नयाँ ठाउँ घुम्न औधी मनपर्छ तर त्यस्तो मौका कहाँ पाउनु र ? एक त आफू परियोे विद्यार्थी दिनैपिच्छे स्कूल जानु परिहाल्यो, कुनै बेला स्कूल छुट्टी भै हाले पनि म जस्तो फुच्चेले एक्लै टाढा घुम्न जान नमिल्ने । बाबाआमा दुवै जना जागिरे, अफिसबाट उहाँहरुलाई विदै नमिल्ने । तैपनि म बेलाबेलामा मलाई घुम्न लैजानु भनी पिरोल्न भने छोड्दिन । उहाँहरु पनि “हुन्छ नि तँलाई मौका पर्दा घुमाउन लैजाउँला नि” भन्दै गर्नुहुन्छ । म उहाँहरुको बचन पूरा हुने दिनको पर्खाइमा एकदमै बेचैनीसाथ बसिरहेको थिएँ ।

CONTINUE READING

गोमन सर्प

सर्पको नाम लिने वित्तिकै हामीलाई डर लाग्छ । त्यसमा पनि टाउको माथि उठाएर फडाँ फुकाएर चिरीएको जिब्रो ल्यापल्याप गर्दै चलाउने गोमन सर्प देख्दा त हाम्रो सातोपुत्लो नै उड्छ । गोमन सर्पले टोकेपछि मानिस मर्न सक्ने भएकाले हामी यसरी डराएका हाैँ । गोमन सर्पको सुलुक्क परेको, कडा मासुले वनेको शरीर र नागवेली गर्दै वगेर हिडने भएकोले पनि हामीमा डर पैदा हुन्छ । हुन पनि भारतमा मात्र गोमन सर्पले टोकेर प्रत्येक वर्ष कारीव दश हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि गोमन सर्पको टोकाईबाट मानिसहरुको मृत्यु हुनेगरेको छ ।

CONTINUE READING

पियानो बजाउँदै ६ वर्षकी बालिका सिरिन देउजा

सिरिन देउजा छ वर्षकी बालिका हुन् । उनी पियानाे बजाउन सिकिरहेकी छिन् । गुरुले सिकाउनु भएकाे कुरा ध्यान दिएर सुन्ने र अभ्यास गर्ने बानीले गर्दा सिरिनले बिस्तारै पियानाे राम्ररी बजाउन सिक्दैछिन् । उनकाे मिहिनेत देखेर उनकाे गुरु पनि खुसी हुनुभएकाे छ ।
सिरिन भन्छिन्, ‘मलाई पियानो बजाउँदा खुब मजा लाग्छ । त्यसैले म हरेक दिन स्कुलबाट घर आएपछि पियानो बजाउँछु । मैले बजाएको संगीत सुनेर ममी, डेडी, हजुरआमा, हजुरबुवा र मेरी सानी बहिनी दंग पर्नुहुन्छ । मलाई पनि खुसी लाग्छ ।’

CONTINUE READING

सुशीला देउजाको ‘भगवानकाे रुप’ : एक चर्चा

‘भगवानकाे रुप’ नामक सचित्र बालकथा सङ्ग्रह नारी साहित्यकार सुशीला देउजाको २०७१ सालमा प्रकाशित कृति हो । यस सङ्ग्रहभित्र कालु, मानिस ठुलो कामले हुन्छ, हुने बिरुवाको चिल्लो पात लगायत विभिन्न शीर्षकका ५ वटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न बालजीवनका विषयसँग सम्बन्धित छन् ।

CONTINUE READING

विश्वकै कान्छी सम्पादक रोक्साना डाउन्स

अस्ट्रेलियामा १० देखि १२ वर्षका बालबालिकाका लागि लक्षित गरी प्रकाशित गरिदै आइएको सो म्यागेजिनले साना बालबालिकाको रुचिलाई मध्य नजर गर्दै उनीहरुकै उमेरको सम्पादक राख्ने निर्णय गर्‍यो । सानो उमेरको सम्पादकको खोजीका क्रममा विद्यालयमा राम्रो पढ्न र लेख्नमा रुचि भएकी रोक्साना छनौटमा परिन् । उनी सन् २०१७ मा गर्ल म्गागेजिनको सम्पादक बनेकी हुन् ।
रोक्सानाको सम्पादनमा प्रकाशित म्यागेजिनको पहिलो अंक अस्ट्रेलिया र न्युजिल्याण्डमा निकै चर्चित बन्यो ।

CONTINUE READING