महाशिवरात्रि पर्व :  पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

महाशिवरात्री पर्व भगवान शिवजीको उपासना गरी भव्यताका साथ मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

CONTINUE READING

भक्तपुरको रानीपोखरी

भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको हो । कला र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ता लाग्नु पर्नेमा वुद्धिजीवीहरुले जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले  पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने डर भएको भन्दै सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।

CONTINUE READING

अब सानीभेरी नदीमा जलयात्रा गर्न सकिने

रुकुम पूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ । मन्त्रालयका प्राविधिक विवेक शाहले सानीभेरी नदीमा जलयात्रा गर्न सकिने बताउनु भएको छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो । टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो ।

CONTINUE READING

चन्द्रागिरी स्मार्ट सिटी बन्दै

के तपाईं चन्द्रागिरी नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइन मार्फत् तिर्न सक्नुहुनेछ ।

CONTINUE READING

भरतपुर महानगरका ६ सय ९२ विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६ सय ९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २ सय ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

CONTINUE READING

बर्दिबास नगरपालिकामा बौद्ध शिक्षा

महोत्तरी जिल्लामा अवस्थित बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यस सम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताउनुभयो । फागुन ११ गते बुधवार यस सम्बन्धी सम्झौतामा नगर प्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको पराजुलीले जानकारी दिनुभयो ।

CONTINUE READING

‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रम कार्यक्रम

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रम अन्तर्गत ५ सय ९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो । आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने र स्वस्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार हुने भएकाले गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो ।

CONTINUE READING

चर्चित लोकगायक जयनन्द लामा बित्नुभयो

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामा बित्नुभएको छ । उहाँको आज बिहान आफ्नै घरअगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो ।
लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।

CONTINUE READING

 हाम्रो नेपाली सेना : निकुञ्ज सुरक्षादेखि हिमाल सफाईसम्म

भाइबहिनीहरु, नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमण सहित विभिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी १ सय १४ जना सैनिक जवानको मृत्यु भएको जानकारी दिइएकाे छ ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट सेनाले जनशक्ति गुमाउनु परेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ ।

CONTINUE READING

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  झापाका ८८ विद्यालय छनाेट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल  १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

CONTINUE READING