वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गरिने

सरकारले आगामी शैक्षिक सत्र आगामी बैशाखबाटै सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय केही समय अघि मात्रै भौतिक उपस्थितिमा पठन पाठन शुरु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताउनुभएको हो । काठमाडौंको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताउनुभयो ।

CONTINUE READING

पशुपतिक्षेत्रमा भगवानका चित्र पेन्टिङ गरिने

पाशुपत क्षेत्रमा महाशिवरात्री अगाडि नै भगवान् शिव तथा अन्य देवी देवताका चित्र बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको हो । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

CONTINUE READING

मेलम्चीमा सय जनाभन्दा बढी गलैँचा बुन्ने बालश्रमिक

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बाल मजदुर भेटिएका छन् । गलैचा बुन्ने कार्यमा १ सय जना बालिका र चार जना बालक रहेको पाइएको छ । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययन अनुसार गलैँचा बुनाई श्रममा संलग्न बाल श्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् ।

CONTINUE READING

राजधानीका सङ्ग्रहालय र सम्पदास्थलमा चहलपहल बढ्याे

कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल बढेकाे छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ। सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

CONTINUE READING

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँ ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा. शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

CONTINUE READING

थानकोटमा अत्याधुनिक प्रसूति अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौता समेत भइसकेको छ ।

CONTINUE READING

चितवनमा ५६ हजार बढी बालबालिकाले खोप लगाए

चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियान अन्तर्गत् विद्यार्थी लगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।

CONTINUE READING

पनौतीमा १२ वर्षे मेला सकियो, पूर्वाधार निर्माण सकिएन

पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो ।

CONTINUE READING

वागमती सफाई ४ सय ५७ औं हप्तामा

वागमती सफाइ महाअभियानको हिजो शनिबार ४५७औँ हप्ता पुगेको छ ।  हिजो बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइका अवसरमा वागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उहाँ पनि सफाइमा सहभागी हुनुभएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

CONTINUE READING

म्याग्दीको तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड फागुन १ गते अर्थात् आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

CONTINUE READING