चितवनको ट्रमा अस्पतालमा १८ हजार शल्यक्रिया

चितवनमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर, भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोल्नुभएको हो ।
अस्पतालले १०औँ वर्ष पार गरेको छ । डा लामिछानेले पहिलो वर्ष नयाँ भएकाले धेरैले विश्वास नगरेको बताउँदै विस्तारै विरामीको चाप बढ्न थालेको बताउनु भयो ।

CONTINUE READING

बेलायतका केही भागमा ‘मलिक’ आउने चेतावनी

बेलायतका केही भागमा यो साता ‘मलिक’ नामक आँधीको असरले प्रभावित बनाउने मौसमविद्हरुले बताएका छन् । आँधीबाट स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र उत्तरी इङल्याण्ड प्रभावित हुनेछन् । आँधी ८० माइल प्रतिघन्टाको बेगमा आउने भएकाले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा रहन चेतावनी दिइएको छ ।
पूर्वी स्कटल्याण्डमा आँधीका कारण शक्तिशाली हावाहुरी आउने भन्दै मौसमविद्हरुले स्थानीय समय अनुसार शनिवार विहानका लागि चेतावनी दिएका हुन् ।

CONTINUE READING

पश्चिमा मुलुकका कारण युक्रेनमा तनाव

युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरुहरु कुराकानी गर्दै आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताउनु भयो । गत विहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले अर्को महिना छिमेकी मुलुक युक्रेन माथि आक्रमण गर्न सक्ने बताउनु भएको थियो । रुसले अमेरिकी आरोप अस्वीकार गर्दै युक्रेन माथि आक्रमणको कुनै पनि योजना नरहेको र मस्कोले युद्ध नचाहेको प्रष्टिकरण दिएको छ ।

CONTINUE READING

काठमाडौँ महानगरपालिकामा ६० प्रतिशतमा सङ्क्रमण

काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको कमपाको भनाइ छ । कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ ।
अहिले परीक्षण दर पनि बढेको छ दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

CONTINUE READING

सरकारको खोप अभियान कहाँ पुग्यो ?

नेपालमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा देशमा अठार वर्ष माथिका लक्षित जनसङ्ख्याको ७० प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा र ८३ प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन् । चार करोड २० लाख ८९ हजार ५४० मात्रा खोप विभिन्न विधिबाट प्राप्त भएको र तीमध्ये तीन करोड छ लाख चार हजार १५२ मात्रा प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ । खोप अभियानले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने जोखिमलाई कम गर्न सकिएको छ ।

CONTINUE READING

आन्तरिक पर्यटकको रोजाईमा रामपुरको तालपोखरा

कोरोना महामारीका बाबजुद रामपुरको तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोको समय ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवा युवतीको सङ्ख्या बढिरहेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

CONTINUE READING

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी पिउँदै स्थानीय जनता

दार्चुला जिल्लाका हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ । सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन ।  ती सुरक्षाकर्मीले हिउँ पगालेर पानी खाएर बसेको बताएका छन् । पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ ।

CONTINUE READING

सार्वजनिक यातायातमा जोरविजोरको नियम हट्यो

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा जोर-बिजोर प्रणालीलाई हटाइएको छ । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।  अर्को आदेश नआए सम्मको लागि सार्वजनिक यातायातमा यसअघि लगाइएको जोरबिजोर प्रणाली हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । 

CONTINUE READING

दक्षिण अफ्रिकामा ‘एना’ आँधी

दक्षिणी अफ्रिकी क्षेत्र एना नामक आँधीका कारण आएको बाढीको चपेटामा परेको छ । आँधीका कारण आएको बाढीले सो क्षेत्रमा कयौं मानिसको ज्यान जानुका साथै धेरै भौतिक संरचनामा क्षति पुगेको छ । मादागास्करमा आँधीका कारण ४१ जनाको मृत्यु हुनुका साथै १ लाख मानिस घर छोड्न बाध्य भएका छन् । मलावीमा पनि आँधी र बाढीका कारण १९ जनाको मृत्यु भएको छ ।

CONTINUE READING

होन्डुरसमा प्रथम महिला राष्ट्रपति

होन्डुरसकी प्रथम महिला राष्ट्रपति सिमारा कास्ट्रोले सपथ ग्रहण गर्नुभएको छ । राजनीतिक संकटकै बिच राष्ट्रपति कास्ट्रोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रथम महिला राष्ट्रपति कास्ट्रोले सबै हिसावले टुटेको मुलुकको नेतृत्व आफ्नो हातमा आएको बताउँदै न्याय र पारदर्शिता आफ्नो मुख्य प्राथमिकता भएको बताउनु भएको छ ।

CONTINUE READING